काठमाडौं । संसद पुनर्स्थापना र सर्वपक्षीय सरकार गठन हुनु पर्ने भन्दै एमालेले देशभर शक्ति प्रदर्शन गरेको छ।
एमालेले संसद् विघटन र सरकार गठनलाई ‘प्रतिगामी षडयन्त्र’ भन्दै प्रदर्शन गरेको हो।
एमालेका विभिन्न नेताहरू विभिन्न जिल्लामा पुगेर संवाेधन गरेका थिए ।
एमाले महासचिव शंकर पोखरेलले एमाले सङ्कटबाट नभागी त्यसको सामना गर्ने बताए। एमालेका नेता कार्यकर्ता देशमा लोकतन्त्र ल्याउनका लागि लामो समय जेल बसेका, भूमिगत बसेका भएकोले लोकतन्त्र विरोधी सानातिना हमलाबाट विचलित हुनु नहुने बताए।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले फागुन २१ गते घोषित निर्वाचनलाई प्रतिक्रान्तिलाई वैधानिकता दिने र दलहरूलाई विस्थापित गर्ने हनी ट्र्याप भएको दाबी गरे।
सचिव लेखराज भट्ले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की संविधानको खिल्ली उडाउँदै प्रधानमन्त्री बनेको भन्दै असंवैधानिक भएको जिकिर गरे। प्रतिनिधि सभा पुनर्स्थापना विकल्प नभएको उनले बताए।

लुम्बिनी रिभ्यू