• Saturday 25th July 2026

घरेलु श्रमिक माग बढ्दै , व्यस्थापनमा चुनौति

घरेलु श्रमिक माग बढ्दै , व्यस्थापनमा चुनौति


  • लुम्बिनी रिभ्यू

अमृता अनमोल
बुटवल, मंसिर २३, कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाकी राधिका थारु व्यस्त छिन् । उनी दिनमा ४ घरमा घर सफा गर्ने, लुगा धुने र भाँडा माज्ने काम गर्छिन् । उनले यो काम थालेको करिब १५ वर्ष भयो । सुरुमा बैंकमा काम गर्ने कर्मचारीको घरबाट घरेलु श्रमिकको काम थालेकी थिइन् । अहिले २ जना सरकारी कर्मचारी र ३ जना व्यवसायी गरी ५ जनाको घरमा काम गर्छिन् । यो काम गरेवापत मासिक रुपमा प्रतिघर २ हजार देखि ३ हजार रुपैयाँ पाउछिन् । उनको हातमा झण्डै २३ हजार रुपैयाँ पर्छ ।
तर, मानिसको सरीर न हो कहिल बिरामी परिन्छ । कहिले अरु जरुरी काम पर्छ । त्यस्तोमा उनको पारिश्रमिक काटिन्छ । काम कहिलेसम्म चल्ने हो त्यो पनि थाहा छैन । किनभने काममा कुनै सम्झौता छैन । घरभेटीको मनमर्जीमा उनको रोजगारी चलेको छ । राधिका भन्छिन्, ‘ घरभित्रको काम हो । काम त राम्रै चलेको छ । तर, घरमालिकलाई चित्त नबुझे कहिले नआउ भन्ने हुन् भन्ने डर लाग्छ ।’
घरभित्र काम गर्ने श्रमिक हुन् घरेलु श्रमिक घरभित्र गरिने काम घरेलु श्रम हो ।  घरभित्र वा बाहिर व्यक्तिको हेरचाहजन्य काम स्याहार हो । खाना पकाउने, खुवाउने, घर सरसफाइ गर्ने, लुगा धुने, बालबालिकाको हेरचाह गर्ने, ज्येष्ठ नागरिक वा अशक्त व्यक्तिको सेवा गर्ने, विरामीको स्याहार, अपांग व्यक्तिको सुसार गर्ने लगायतका काम स्याहारका काम हुन् । दुवै हेरचाहजन्य काम हुन् । सामान्य अर्थमा अरुको आवश्यक हेरचाह, सेवा वा सहयोगको काम गर्नु हेरचाहजन्य काम हो । यस्ता काम पहिले पारिवारिक दायित्व र सामाजिक भावले गरिन्थ्यो । धेरैजसो पुरुष कमाउन घरबाहिरको काममा जान्थे । महिला घरमा बसेर काम गर्थे । अहिले रकम लिएर पेशाका रुपमा गरिन्छ । यससँगै स्याहारका कामबाट रकम आर्जन गर्न थालिएको छ । घरभित्र, अस्पताल, बालबालिका स्याहारकेन्द्र, वृद्धाश्रम, अपांगता पुर्नस्थापना केन्द्र, विद्यालय, मन्दिर लगायतका ठाउँमा श्रम र हेरचाहजन्य गरिन्छ ।
पछिल्लो समय स्वदेश तथा विदेशमा घरेलु श्रम र स्याहारजन्य काममा सहभागी हुने व्यक्तिहरुको संख्या बढेको छ । घरेलु श्रमीकका रुपमा र हेरचाहजन्य कामका रुपमा रकम लिएर काम गर्ने र गराउने व्यक्ति पनि दिनानुदिन बढेका छन् । तर, सरकारले व्यवस्थीत गर्न नसक्दा श्रमिकहरुले सम्मानित र सुरक्षित महसुुस गर्न सकेका छैनन् । नेपालको सन्दर्भमा, वैदेशिक रोजगारीमा घरेलु श्रम वा हेरचाहजन्य काममा जानेहरु श्रम स्वीकृति लिएर पनि सहज रुपमा घरेलु श्रममा विदेश जान पाएका छैनन् । स्वदेशमै हेरचाहजन्य काम गर्न चाहानेकालागि पनि कुनै पहिचान र सुरक्षा व्यवस्था छैन । शारीरिक र मानसिक आवश्यकता पूरा गर्न गरिने कामकै पहिचान नहुदा श्रममाा संलग्नले सुरक्षित महसुस गर्न सकेका छैनन् ।
विश्वमा करिब ८ अर्ब जनसंख्या छ । संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांक अनुसार विश्वमा ६ करोड ७० लाख घरेलु श्रमिक छन् । घरेलु श्रमिकमध्ये ८० प्रतिशत महिला छन् । संख्यामा हेर्दा विश्वमा घरेलु श्रमिक महिला ५ करोड ४० लाख छन् । विश्वमा २ अर्ब १० करोड स्याहारको काम गर्ने सहयोगी अर्थात् श्रमिक आवश्यक छ । यो तथ्यांकमा विश्वका १सय ५५ मुलकको तथ्यांक मात्र समेटिएको छ । प्रत्यक्ष र अप्रत्यक्ष, ज्याला पाउने र नपाउने, आवासिय र गैर आवासिय स्वदेश र विदेशमा गरिने स्याहार गरी स्याहारको कामको वर्गीकरण गरिएको छ ।
समय बित्दै जाँदा स्याहारको काम फेरिदै गएको छ ।घरेलु श्रमिकका रुपमा र हेरचाहजन्य काममा विदेश जान चाहाने र जाने नेपाली महिला धेरै छन् । तर, सहज रुपमा जान र सहज रुपमा कमाउन सक्ने वातावरण अझै छैन । स्वदेशमा हेरचाहको काममा आवश्य रकम नपाइने तथा विदेश पनि सहज रुपमा जान नपाइदा समस्या भएको सरोकारवालाहरु बताउछन् ।
नेपालमा पनि घरेलु श्रमिक अर्थात् स्याहारजन्य कामका लागि थुप्रै आवश्यकता र सम्भावना बढेको छ । नेपालमा पछिल्लो समयमा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, हिंसा प्रभावित र सडक मानवहरुलाई स्याहार सुसार र हेरचाह गर्न केन्द्रहरु खुलीरहेका छन् ।साना बालबालिका, ज्येष्ठ नागरिक, अशक्तलाई घरमा गर्ने हेरचाह, बगैचामा गर्ने मालीको काम एवं घरबाहिर ज्येष्ठ नागरिक केन्द्र र शिशु स्याहार केन्द्रमा रकम दिएर श्रमिक राख्न थालिएको छ । शारीरिक, मानसिक र संवेगात्मक रुपमा आवश्यक परेका व्यक्तिका आवश्यकता पूरा गर्न पेशागत रुपमा श्रमिक खोज्न थालिएको छ । यससँगै हेरचाहमा काम गर्ने व्यक्तिको संख्या पनि बढ्दै गएको छ । पहिले आफ्नो जिम्मेवारीका रुपमा गरिने घरेलु काम र हेरचाहको कामलाई पछिल्लो समय पेशागत रुपमा लिन थालिएको छ । यससँगै स्याहारका कामबाट रकम आर्जन गर्न थालिएको छ ।
नेपालमा श्रमसम्बन्धी विषय हेर्न श्रम कार्यालय तथा मन्त्रालय छन् । तर, घरेलु र हेरचाहजन्य काम र त्यसमा संलग्न श्रमिकको अवस्था यस कार्यालयलाई थाहा छैन । श्रमबारे उजुरी नै नआउदा त्यस्ता कार्यालय र जिम्मेवार व्यक्तिले कामै गरेको पाइदैन । समय बित्दै जाँदा स्याहारको काम फेरिदै गएको छ । परिवारको आकार घट्दै छ । व्यक्तिहरु एकल परिवारमा बस्दैछन् । महिलाहरु पेशागत काममा संलग्न हुदैछन् । स्याहारको धेरै काममा महिला सहभागी छन् । परिवारका महिलाहरु अन्य काममा लाग्दा घरमा अर्को श्रमिक राख्नु पर्ने अवस्था छ । यस्तोमा श्रम कार्यालयले खोजेर भएपनि घरेलु श्रमिक र हेरचाहजन्य काम गर्ने श्रमिकको अवस्था पत्ता लगाउनुपर्छ । उनीहरुलाई व्यवस्थापन गर्नुपर्छ ।

जनगणना २०७८ अनुसार नेपालमा ५ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा बढेको छ । शहरमा जनसंख्या बढ्नु भनेको घरेलु श्रमिकको माग बढ्नु हो । नेपालको १२ शहरमा धेरै घरेलु श्रमिकको आवश्यकता थपिदै छ । काठमाडौं, पोखरा, बुटवल धेरै श्रमिक आवश्यक पर्ने बजार हो ।बुटवलका घरघरमा अहिले घरेलु श्रमिक देखिन थालेका छन् । स्याहार केन्द्रहरुमा श्रमिक बढीरहेका छन् । पूर्णकालिन भन्दा आंशिक रुपमा घरभित्र सफा गर्ने, भाडा माझ्ने, बालबालिका वा वृद्धवृद्धा हेर्न मान्छे राख्ने प्रचलन बढेको छ । पूजापाठ, बिहे, व्रतबन्ध, जन्मोत्सव लगायतका काममा पनि छोटो अवधिका श्रमिक राख्ने चलन बढेको छ । घरेलु श्रमिक र हेरचाहजन्य काम गर्ने श्रमिकहरुको संख्या बढेको बढै छ । तर, व्यवस्थापनमा चुनौति छ ।
घरेलु, हेरचाहजन्य तथा अन्य असंगठित क्षेत्रमा श्रमिकको समस्यामा जटिलता भएपछि कपिलवस्तुमा शिवराजमा शिवराज नगरपालिका र सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा विविध कार्यक्रम संचालन भएका छन् ।  असंगठित क्षेत्रमा कार्यरत मजदुरको हक अधिकार संरक्षणका लागि कार्यक्रम गरीरहेको छ । घरेलु श्रमिक र स्याहरजन्य काम स्थापित गर्न काम गरीरहेको संस्थाले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend