काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागीताका लागि फागुन २०, २१ र २२ गते गरी तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो ।
भण्डारीको भनाइ छ ‘हामीले फागुन २१,२२ र २३ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेका छौ । स्वीकृत गर्ने नगर्ने सरकारको कुरा हो’ ।
आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत गरेमा लगातार ७ दिन सार्वजनिक बिदा हुने भएको छ ।
फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २३ र २४ गते शनिबार र आइतबार अन्तर्राष्ट्रिय नारी दिवस समेत पर्ने भएकाले लगातार सात दिन बिदा हुने भएको हो ।

लुम्बिनी रिभ्यू