• Saturday 25th July 2026

समानुपातिकतर्फका सदस्यको नाम छान्न एमाले सचिबालय बैठक

समानुपातिकतर्फका सदस्यको नाम छान्न एमाले सचिबालय बैठक


  • लुम्बिनी रिभ्यू

काठमाडौं-नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज (शनिबार) दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्न लागेको हो।

अध्यक्ष ओली पितृ शोकमा छन्। अध्यक्ष ओलीका पिता ओलीको ९७ वर्षको उमेरमा हिजो शुक्रबार निधन भएको थियो।

बुवाको निधनको शोकमा रहेका ओलीले आजै पार्टीको सचिवालय बैठक बोलाएका हुन्।

आजको एमाले सचिवालय बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचन परिणाम लगायत समसामयिक विषयवस्तुमा छलफल हुने बताइएको छ। निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम भोलिसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ।

त्यस्तै बैठकमा सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजयका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्। वैठकमा पार्टीको पराजयसँगै नेतृत्व परिवर्तनका विषयमा भइरहेका बहसबारे पनि छलफल हुने नेताहरुले दाबी गरेका छन्।

बैठकमा पार्टीको आगामी रणनीतिलगायत समयसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend