अदिप्सन ज्ञवाली कार्यवाहक सम्पादक,
न्यू होराइजन ईपीएलले खाद्य सुरक्षा तथा वातावरणीय स्वच्छतासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयको प्लस टु कार्यक्रम हलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई स्वच्छ तथा सुरक्षित खानाको महत्व, व्यक्तिगत सरसफाइ, वातावरणीय स्वच्छता र उचित फोहोर व्यवस्थापनका विषयमा सचेत गराइएको थियो।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले प्रयोग भइसकेका प्लास्टिकका बोतललाई पुनःप्रयोग गरी गमला निर्माण गर्नुका साथै त्यसमा फूल तथा बिरुवा रोपेका थिए। फोहोरका रूपमा फालिने प्लास्टिकजन्य सामग्रीलाई सिर्जनात्मक रूपमा पुनःप्रयोग गर्दै उपयोगी सामग्रीमा परिणत गरिएको यस गतिविधिले पुनःप्रयोग र वातावरण संरक्षणको महत्वलाई व्यवहारमै प्रस्तुत गरेको थियो।

कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूलाई आफ्नो वरपरको वातावरण सफा राख्ने, फोहोर जथाभावी नफाल्ने, प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापन गर्ने तथा स्वच्छ र सुरक्षित खाद्य पदार्थको प्रयोग गर्ने बानी विकास गर्न प्रेरित गरिएको थियो।
स्वच्छ खाना, स्वच्छ वातावरण र स्वस्थ भविष्य निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले विद्यार्थीहरूमा वातावरण संरक्षण तथा सरसफाइप्रति जिम्मेवारीबोध बढाउनुका साथै वातावरणमैत्री व्यवहारलाई दैनिक जीवनमा अपनाउन प्रेरणा दिएको छ।
न्यू होराइजन ईपीएलको यस पहलले सानो प्रयासबाट पनि वातावरण संरक्षणमा ठूलो योगदान पुर्याउन सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ।

लुम्बिनी रिभ्यू