काठमाडौँ । रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले समानुपातिकबाट निर्वाचित हुनेको नाम निर्वाचन आयोगमा बुझाएका छन् । समानुपातिक मतमा ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका राजनीतिक दलहरूले आइतबार सूची बुझाएका हुन् ।
समानुपातिकतर्फको १ सय १० सिटमा रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाएका छन् ।
निर्वाचन आयोगले सिट तोकेरै समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारको नाम तीन दिनभित्र पठाउन बिहीबार दलहरूलाई पत्र लेखेको थियो ।
कुन दलबाट को-को समानुपातिक ? हेर्नोस सूचि
आदिवासी जनजाति
रास्वपा : बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुज, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, राम लामा, खुस्बुसरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पा
कांग्रेस : मदनकृष्ण श्रेष्ठ (अपांगता), भीष्मराज आङदम्बे, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा
एमाले : भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य
नेकपा : परशुराम तामाङ र भीमकुमार बुढा
श्रम संस्कृति : पूर्णप्रसाद लिम्बू
राप्रपा : सरस्वती लामा
खस–आर्य
रास्वपा : प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी आचार्य, विदुषी राणा, समीक्षा बाास्कोटा, श्रद्धा कुावर क्षेत्री, टीका संग्रौला (पिछडिएको क्षेत्र), क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मन्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र), ज्ञानु पौडेल, प्रभा ढकाल र रमेश प्रसाईं
कांग्रेस : अर्जुननरसिंह केसी, कालीबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया
एमाले : पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र), गुरुप्रसाद बराल र पुष्पराज कँडेलनेकपा : प्रमेश हमाल, बलावती शर्मा र प्रेम बयक (अपांगता)
श्रम संस्कृति : अम्बिकादेवी संग्रौला
राप्रपा : भरत गिरी र खुस्बु ओली
दलित
रास्वपा : रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा, खिमा विक र प्रकाशचन्द्र दर्जी
कांग्रेस : हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्मा
एमाले : विष्णुमाया विक र निता घतानी
नेकपा : पार्वती विक र गणेश विश्वकर्मा
श्रम संस्कृति : राधिका रम्तेल
मधेशी
रास्वपा : पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिताकुमारी चौधरी, पुरुषोत्तम सुप्रभात यादव र खगेन्द्र कर्ण
कांग्रेस : चन्द्रमोहन यादव, नीनुकुमारी कर्ण र रेखाकुमारी यादव
एमाले : रिंगला यादव, यशोधाकुमारी यादव र चन्द्रेश्वर मण्डल
नेकपा : जोगकुमार बर्बरिया यादव
श्रम संस्कृति : रुविकुमारी ठाकुर
मुस्लिम
रास्वपा : समिना मियाँ, अफ्सना बानु, गजाला शमिम मिकरानी
कांग्रेस : साहजान खातुन
एमाले : साजिदा सिद्दिकी
राप्रपा : ताहिर अली
थारू
रास्वपा : गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी
कांग्रेस : प्रमिलाकुमारी गच्छदार
एमाले : कृपाराम राना
नेकपा : निराशा चौधरी

लुम्बिनी रिभ्यू