• Thursday 10th September 2026

२ दशकदेखि मानव बेचबिखन विरुद्ध काम गर्दै आशिष सामाजिक सेवा

२ दशकदेखि मानव बेचबिखन विरुद्ध काम गर्दै आशिष सामाजिक सेवा

मनायो २० औं वार्षिक साधारणसभा


  • लुम्बिनी रिभ्यू

बुटवल , मानव बेचबिखन रोक्न शिक्षा र सचेतनालाई सँगसँगै अघि बढाउन रुपन्देहीका सरोकारवालाहरुले सुझाब दिएका छन् । महिला तथा बालबालिका मानव बेचबिखन र हिंसाको उच्च जोखिममा पर्ने भएकाले उनीहरूको संरक्षण, शिक्षा र सशक्तीकरणमा राज्यसँगै सामाजिक संघसंस्थाले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनीहरुले बताए ।
आशिष सामाजिक सेवा नेपालको बिहीबार बुटवलमा आयोजित २० औं वार्षिक साधारणसभाको अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रीदेवी अर्यालले मानव बेचबिखनलगायत आपराधिक गतिविधि नियन्त्रणका लागि शिक्षा र सचेतनामूलक कार्यक्रमलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुपर्ने बताउनुभयो । उहाले मानव बेचबिखन तथा लैंगिक हिंसाजस्ता अपराध रोक्न समाजमा सचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने सुझाब दिनुभयो । रसुवामा आएको बाढीका कारण महिला तथा बालबालिका थप जोखिममा परेको उल्लेख गर्दै अर्यालले विपद्पछिको राहत तथा सहयोग उनीहरूको स्वास्थ्य, शिक्षा र पोषणमा केन्द्रित हुनुपर्नेमा  जोड दिनुभयो । ।
कार्यक्रममा बुटवल इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अक्षयकुमार रावलले पछिल्लो समय मानव बेचबिखनका स्वरूप र शैली परिवर्तन हुँदै गएको बताउनुभयो । प्रहरीको प्रयासबाट मात्रै मानव बेचबिखन नियन्त्रण सम्भव नहुने भन्दै उहाले सरकारी निकाय, सामाजिक संघसंस्था र समुदायबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो।

आशिष सामाजिक सेवा नेपालका निर्देशक युवराज विकले समय परिवर्तनसंगै मानव बेचबीखनका स्वरुप फेरिदै गएको बताउदै त्यसअनुसारका अभियान आवश्यक परेको बताउनुभयो । आशिष सामाजिक सेवाले १९ वर्षदेखि मानव बेचबिखन तथा लैंगिक हिंसा अन्त्यका क्षेत्रमा काम गर्दै आएको छ । निर्देशक विकका अनुसार संस्थाले मानव बेचबिखन तथा लैंगिक हिंसाबाट प्रभावित र उच्च जोखिममा रहेका महिला तथा किशोरीको रोकथाम, सशक्तीकरण, व्यावसायिक पुनर्स्थापना तथा शिक्षाको अवसर सिर्जनाका क्षेत्रमा काम गर्दै आएको छ।

संस्थाका अध्यक्ष हेमबहादुर आलेले बेचबीखनको जोखीममा रहेका र जोखीमबाट उद्धार गरिएका महिला तथा किशोरीलाई पुर्नस्थापना र सीप विकासमा काम गरेको बताउनुभयो । उहाका अनुसार बुटवल र चितवनमा सञ्चालित सीपमूलक तालिम केन्द्रबाट हालसम्म २२९ जना लाभान्वित भएका छन्। मानव बेचबिखन तथा लैंगिक हिंसाबाट प्रभावित र उच्च जोखिममा रहेका महिलालाई लक्षित गरी संस्थाले कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा संस्थाका आर्थिक संयोजक दानबहादुर गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बुटवल उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष गंगा घिमिरे, हाम्रो भरोसा नेपालकी सिन्धु ढकाल, कार्यक्रम सञ्चालक रोशन सुनुवारलगायतले मानव बेचबीखन रोकथामका लागि गर्नुपर्ने कामबारे सुझाब दिनुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend