• Saturday 25th July 2026

बार्सिलोनाका छ जना बोर्ड सदस्यद्वारा अध्यक्षको राजिनामा माग्दै राजिनामा

बार्सिलोनाका छ जना बोर्ड सदस्यद्वारा अध्यक्षको राजिनामा माग्दै राजिनामा


  • लुम्बिनी रिभ्यू

बार्सिलोनाका छ जना बोर्ड सदस्यले अध्यक्षको चुनाबको माग गर्दै राजिनामा गरेका छन् । कोरोनाभाइरस महामारीको बेला क्लब सञ्चालन र व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनीहरुले राजिनामा गरेका हुन् ।
संयुक्त विज्ञप्ती जारी गर्दै बोर्डका छ जना सदस्यले कोरोना संकटको बेला क्लबको आर्थिक परिचालनप्रति असन्तुष्टि जनाएका छन् । फेब्रुअरीमा सामाजिक सञ्जालमा आफ्नै खेलाडीप्रति आक्रमण गरिएको घटनामा समेत बार्सिलोनाले बचाब नगरेको भन्दै उनीहरुले आलोचना गरेका छन् । चारजना उपाध्यक्षमध्ये एमिलि रौसौद र एनरिक टम्बास तथा चारजना निर्देशकहरु सिल्भियो एलियास, जोसेप पोन्ट, जोर्डी सेल्सामिग्लिया र मारिया टैक्सिडरले राजिनामा गरेका हुन् ।
पत्रमा छ जनैले महत्वपूर्ण चुनौतीको सामना गर्न क्लबले उठाएको कदमको व्यवस्थापन उचित नरहेको निस्कर्षमा पुग्दै राजिनामा गर्न बाध्य भएको उल्लेख गरेका छन् । कोरोनाभाइरस संक्रमणको बेला बार्सिलोनाका खेलाडीको तलबमा ७० प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो । खेलकुद गतिविधिमा सहभागी नहुने कर्मचारीको पूर्ण तलब उपलब्ध गराउने सुनिश्चित गरेको थियो ।

-एजेन्सी

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend