बुटवल । स्थानीय तह निर्वाचनका विजेता महिला जनप्रतिनिधिहरुलाई बुटवलमा सम्मान गरिएको छ ।अखील नेपाल महिला संघ रुपन्देहीले विशेष समारोहको आयोजना गरी एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान गरेको हो ।

विजेता जनप्रतिनिधिलाई थप हौसला र प्रेरणा दिदै जनमैत्री काम गर्न प्रोत्साहन गर्ने उद्धेश्यले सम्मान कार्यक्रम आयोजना गरिएको अनेमसंघ अध्यक्ष मधुकला कुंवरले बताउनुभयो । स्थानीय तह निर्वाचनमा रुपन्देहीमा एमालेका तर्फबाट १ सय १४ जना महिलाले जितेका थिए । त्यसमा ६ उपप्रमुख, २ गाउपालिका उपाध्यक्ष र एक वडाअध्यक्ष छन् । यसबाहेक जिल्लाका १६ स्थानीय तहमा १ सय ५ महिलाले वडा सदस्यमा निर्वाचनमा जीत हात पारेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय पोलीटव्युरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज लीला गिरीले सम्मान र बधाइले जनप्रतिनिधिलाई काम गर्न थप हौसला र जिम्मेवारीबोध हुने बताउनुभयो । उहाले अनेमसंघले महिला नेता उत्पादन गर्न गरेको कामको प्रशंशा गर्द यहाबाट प्रशिक्षित भएर जनप्रतिनिधि बनेले पनि त्यसैअनुसार आफ्नो म्याडेड सम्झेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सम्मानीत व्यक्तित्व बुटवल उपमहानगरप्रमुख सावित्रा अर्यालले पाटी र जनताको अपेक्षा पूरा गर्नेगरी जनप्रतिनिधिले कसरी काम गर्ने भन्नेबारेमा प्रष्ट पार्नुभयो । कार्यक्रममा एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, अनेमसंघ उपाध्यक्ष विष्णु केसी , अर्का उपाध्यक्ष सीता खनाल , सचिव दुर्गा पाठक पाण्डे लगायतले शुभकामना व्यक्र गर्नुभएको थियो ।


लुम्बिनी रिभ्यू