दिल साहनी

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता बिधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पास गरेको छ । आजबाट यो बिधेयकको प्रसंगले राष्ट्रिय सभामा प्रबेश पाएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रास्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
अनेक टिप्पणी भइरहेको यस्तो बिधेयकलाई बरिष्ठ लेखक तथा बिश्लेषक दिल साहनीले १४ कारणसहित राष्ट्रघाती भन्नु भएको छ ।

पढौं उहाँका तर्क जस्ताको तस्तै :
१ चुनाव घोषित अवस्थामा मुलुकमा दूरगामी प्रभाव पार्ने कानून बनाउन मिल्दैन ।
२ नागरिकता नीति आफ्नो राष्ट्रको हित र स्वार्थ अनुकूल कठोर वा उदार हुने गर्दछ ।
३ नेपालको भौगोलिक, ऐतिहासिक राजनैतिक सामाजिक तथा सांस्कृतिक कारणले कठोर हुन आवश्यक छ ।
४ नेपाल दुई ठुला देश चीन र भारतको बिचमा रहेको सानो देश हो ।
५ चीनकोजनसंख्या १ अरब ४० करोड जति छ । भारतको जनसंख्या १ अरब ३८ करोड जति छ । नेपालको जनसंख्या ३ करोड मात्र छ ।
६ नेपाल र चीन र भारतको सीमा खुला छ । दुबै देशबाट त्यहाँका जनता बेरोक टोक नेपाल छिर्न सक्दछन् ।
७ नेपालसित खुला सीमाबाट को आयो कहाँ छ त्यसको कुनै लगत छैन ।
८ नेपालपा खास गरि २०६३ तिर ४० लाख बिदेशीले झूठो विवरण दिएर नेपाली नागरिकता लिएको चर्चा छ । त्यसको कुनै छानबिन भएको छैन ।
९ बाबुको पता नलागेकालाई बंशजको आधारमा नागरिकता दिने कि अंगीकृत दिने छलफल हुन जरुरी छ । बाबुको पता नहुनेलाई आमाका नाममा नागरिकता दिंदा नकली आमा बनाएर बिदेशीले नेपाली नागरिकता लिने कुरोलाई कसरी रोक्ने ?
१० नेपालका चेली भारतका बिबाह गर्दा नागरिकता प्राप्त गर्न ७ बर्ष कुर्न पर्ने । तर भारतीय चेलीलाई नेपालमा बिबाह हुँदा एउटा हातमा सिन्दुर अर्को हातमा नागरिकता किन ?
११ नेपाली चेलीले बिदेशी नागरिकसित बिबाह गरेमा भाञ्जा भान्जीलाई पनि नागरिकता दिनु कति उचित र व्यवहारिक होला ?
१२ बिदेशीले नागरिकता नपाउन भनेर खुला सीमा बन्द गराउन जरुरी हुन्छ हुँदैन ?
१३ भारतीय शासकको नेपालमा भारतीय जनसंख्याको अतिक्रमण गराएर नेपालको सिक्कीमीकरण गर्ने रणनीतिलाई मलजल गर्नु कहाँको राष्ट्रियता हो ?
१४ राष्ट्रपतिले जस्ताको तस्तै संसदबाट फर्काएको राष्ट्रघाती नागरिकता विधेयकलाई प्रमाणित गर्नुको सट्टा राजीनामा दिएमा वा दराजमा थन्काएर राखेमा उनी देश र जनताका नजरमा महान व्यक्ति हुन तथा इतिहास रच्न सफल हुनेछन् । देशभक्त जनता चाहन्छन् उनले देशको र आफ्नै पनि शिर उच्च राख्ने काम गर्नेछन् । आशा राखौं ।

लुम्बिनी रिभ्यू