लुम्बिनी। नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीका दुई वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस हुनु भएको छ।
मंसिर ४ गते हुने निर्वाचनका लागि उहाँलाई रुपन्देही क्षेत्र २ र क्षेत्र ३ ले उम्मेदवारका लागि नाम सिफारिस गरेको हो। निर्वाचन क्षेत्र नम्बर २ बुटवल क्षेत्रमा पर्दछ।
त्यस्तै ३ नम्बर भैरहवा क्षेत्र हो। क्षेत्रीय समितिको बैठकले गृहन्त्री खाणको नाम ३ बाट एकल रुपमा सिफारिस गरेको प्रवक्ता लेखनाथ भट्टराईले जानकारी दिनुभयो।

लुम्बिनी रिभ्यू