• Saturday 25th July 2026

कांग्रेस रामराम भन्ने अवस्थामा : पूर्वराष्ट्रपति डा. रामवरण

कांग्रेस रामराम भन्ने अवस्थामा : पूर्वराष्ट्रपति डा. रामवरण


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नुसिवाय अरु कुनै विकल्प नरहेको भन्दै

चिन्ता व्यक्त गरेका छन् । उनले कांग्रेसले जनताको बीचमा जान पनि अंशबन्डा गरिरहेको बताए ।

बिहीबार काठमाडौंमा भएको बीपी साहित्य सम्मान एवं बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वराष्ट्रपति यादवले बीपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेताहरूलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए ।

उनले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनुभन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताए । समानुपातिकबाट सांसद बन्नका लागि टिकट बिक्रीको चलखेल हुने गरेको भन्दै स्थानीय निर्वाचनमा वडा र पालिकाहरूमा टिकट बिक्री भएको उनले दाबी गरे ।

पूर्वराष्ट्रपति यादवले पार्टीमा विधि र आदर्शको पालना र सम्मान हुन छोडेकोप्रति समेत चिन्ता व्यक्त गरे । उनले कांग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरु पार्टीसँग मिलेर अंशबन्डा गर्नु लज्जाको विषय भएको बताएका छन् ।

कांग्रेस नेता डा. शशांक कोइरालाले आफूले धेरै डाक्टरहरुलाई अध्यापन गराएको उल्लेख गर्दै अहिले डाक्टर राम्रा तर शल्यक्रिया गर्न लागेका बिरामीलाई पैसा दिएपछि मात्रै अप्रेसन गर्छु भन्ने किसिमका डाक्टरहरू रहेको भन्दै दुःख व्यक्त गरे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend