• Saturday 25th July 2026

रुपन्देही विकासको पाठशाला,अरुले कल्पना नगरेको विकास यहाँबाट : विष्णु पौडेल

रुपन्देही विकासको पाठशाला,अरुले कल्पना नगरेको विकास यहाँबाट : विष्णु पौडेल


  • लुम्बिनी रिभ्यू

 

बुटवल। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देही विकासको पाठशाला भएको बताउनु भएको छ ।

बुटवलमा आज आयोजित कानून विद्यार्थी समाज कालिकाको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले अरुले कल्पना नगरेको विकास रुपन्देहीबाट सुरु भएको बताउनुभयाे । रुपन्देहीलाई भौतिक पूर्वाधारको विकाससँगै मुलुकको शैक्षिक केन्द्रको रुपमा विकास गरिने उहाँले बताउनुभयो ।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘विकास सिक्न, बुझ्न र चिन्न रुपन्देही उपयुक्त पाठशाला भएको छ । यो कुनै व्यक्तिले भनेको विषय होइन । तथ्यांकले देखाएको विषय हो ।’

उहाँले भन्नुभयो, ‘अरु कसैले कल्पना नगरेका विकास निर्माणका काम हामीले अघि बढाएका छौं । भौतिक पूर्वाधारको विकासले मात्र होइन मानवीय विकासका हिसाबले पनि रुपन्देहीलाई पहिलो बनाउँछौं।’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend