
बुटवल । पूर्वअर्थमन्त्री विष्णु पौडेलले विकास र जनता सबैको साझा भएको बताउदै त्यसअनुसार विकास योजना ल्याएको बताएका छन् ।बुटवल उपमहानगरपालिका ११ देवीनगरमा अगुवा कार्यकर्ता भेला तथा पाटी प्रवेश कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले आफू सधै जनकेन्द्रीत विकासमा लागेको बताए ।
पूर्व अर्थमन्त्री पौडेलले विकास सबैका लागि भन्ने धारणाले रुपन्देहीमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल , मोतीपुर औद्योगिक क्षेत्र, बुटवल बेलहिया व्यापारिक मार्ग, बुटवल र लुम्बिनीमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र विशेष आर्थिक क्षेत्र सेज, बेलवास बेथरी पर्यटन मार्ग, कोरिया प्राविधिक शिक्षालय लगायत आफूले नमुना विकास योजना ल्याएको बताए । सिद्धबाबामा सुरुड.मार्ग, तिनाउ दानव करिडोर लगायत ठूला योजना कार्यान्वयनमा लगेको उनले जनाए ।
आफू अर्थमन्त्री हुँदा सुरु भएका ठूला ठूला आयोजनामा पछिल्लो सरकारले बजेट विनियोजन नगर्दा समस्या भएको बताउदै उनले विकासका योजना जो सुकैले सुरु गरेपनि त्यसलाई निरन्तरता दिनुपर्ने जनाए । ‘जनता सबैका साझा हुन् । विकास सबैका लागि चाहिन्छ,’ पूर्वअर्थमन्त्रीले भने, ‘त्यसैले विकास निर्माणका काममा राजनीतिक तिक्तता राख्न हु“दैन ।’
विकास सबैका लागि भन्ने धारणाले रुपन्देहीमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल , मोतीपुर औद्योगिक क्षेत्र, बुटवल बेलहिया व्यापारिक मार्ग, बुटवल र लुम्बिनीमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र विशेष आर्थिक क्षेत्र सेज, बेलवास बेथरी पर्यटन मार्ग, कोरिया प्राविधिक शिक्षालय लगायत आफूले नमुना विकास योजना ल्याएको बताए । सिद्धबाबामा सुरुड.मार्ग, तिनाउ दानव करिडोर लगायत ठूला योजना कार्यान्वयनमा लगेको उनले जनाए । ‘म सधैं यहा“को विकासमा लागेको छु । सुरु विकासका योजना सक्न र यस क्षेत्रको दीगो विकास गर्न पुन चुनावी मैदानमा छु,’ रुपन्देही २ का उम्मेदवार समेत रहेका पौडेलले भने । उनले रुपन्देहीको विकास, परिवर्तन र युवाको भविश्य निर्माणमा लागिपरेको बताउदै एमालेबाट मात्रै यो सम्भव भएको दाबी गरे ।

लुम्बिनी रिभ्यू