• Saturday 25th July 2026

निर्वाचन आचार संहिता पालना गर्ने गराउने लुम्बिनी प्रदेशका राजनीतिक दलको प्रतिवद्धता

निर्वाचन आचार संहिता पालना गर्ने गराउने लुम्बिनी प्रदेशका राजनीतिक दलको प्रतिवद्धता


  • लुम्बिनी रिभ्यू

बुटवल । लुम्बिनी प्रदेशमा सक्रिय राजनीतिक दलहरुले निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गर्ने गराउने प्रतिवद्धता जनाएका छन् । निर्वाचन आचार संहिता नैतिक र कानुनी बन्दन भएकाले त्यसमा आमसंचारपनि संवेदनशील हुने उनीहरुले विश्वाश जनाए ।
संवाद समूह लुम्बिनीले शनिबार बुटवलमा आयोजना गरेको आसन्न निर्वाचनमा जारी आचार संहिता पालनमा राजनीतिक दलहरुको प्रतिवद्धता विषयक कार्यक्रममा सहभागी नेताहरुले स्वतन्त्र र निश्पक्ष चुनाव र आचार संहिता पालनामा प्रतिवद्ध हुने बताए । दलका नेताहरुले दलले आचार संहिता मिचेकाबारेमा निर्वाचन आयोज, प्रशाशन र संचारमाध्ययमले पनि निगरानी राख्न र गलतलाई कारबाही प्रक्रियामा लैजान सघाउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै एमाले नेता नन्दीकिशोर ढकालले निर्वाचन आयोग र प्रशाशन सत्ताधारी दल र प्रभावशाली नेताका पछाडि लाग्ने र आचारसंहिता मिच्दा पनि नबोल्ने गरेको बताउदै पक्षपातपूर्ण व्यवहार सुधार्न आग्रह गरे । उनले निर्वाचनमा सबै दल र उमेदवारको यौटै हैसियत हुने भन्दै उनले जनता प्रभावित पार्ने र आचार संहिता मिच्नेलाई कानुनी कारबाहीमा लैजान आग्रह गरे ।

कांग्रेस नेता विष्णुप्रसाद पोखरेलले कांग्रेस सत्ताधारी पाटी भएपनि आचारसंहिता मिच्ने र जनतालाई अनावश्यक रुपमा प्रभावीत पार्ने काममा नलागेको बताए । ‘हामी र हाम्रा समर्थकहरुबाट कहि कतै आचार संहिता विपरित काम भएको भए निश्पक्ष छानवीन होस्,’ उनले भने ।

माओवादी केन्द्रका निर्दोष अलीले प्रशाशन , निर्वाचन आयोग र नागरिक समाज निश्पक्ष भएर अनुगमन गरे दलहरु सच्चिने बताए । नेकपा एकिकृत समाजवादीका सरीता श्रीसले आचार संहिता कार्यान्वयन भए नभएको अनुगमन गर्न नागरिक समाज र संचारकर्मीलाई आग्रह गरिन् । जसपाका मनिकर कार्कीले आचार संहिता मिच्ने, निर्वाचन विथोलिने र समूदायमा भ्रम छर्ने काम आफ्नो पाटीबाट नहुने जनाए ।

निर्वाचन आयोग रुपन्देहीका टेकराज पन्थीले सबै नीतिको मूल नीति राजनीति भएकाले दलहरुले आफू र आफ्ना समर्थकलाई आचार संहिता पालनामा प्रतिवद्ध बनाउने हो भने समस्या नहुने बताए । कतै स्वतहस्फूर्त अनुगमन गरेर त कतै उजुरी परेका आधारमा आयोगले आचार संहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याएको उनले जनाए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend