• Saturday 25th July 2026

विकासका लागि दीपक बोहोरालाई जिताउनुस् : तीन दलिय गठबन्दन

विकासका लागि दीपक बोहोरालाई जिताउनुस् : तीन दलिय गठबन्दन


  • लुम्बिनी रिभ्यू

भैरहवा । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपासहितको तीनदलीय गठबन्धनले विकासका लागि राप्रपा नेता दीपक बोहोरालाई जिताउन आग्रह गरेका छन् । बिहीबार भैरहवामा आयोजित संयुक्त जनसभामा बोल्दै उनीहरुले बोहोराले रुपन्देहीको रुप फेर्न गरेको विकास सम्झेर भोट हाल्न आग्रह गरे ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका सह(इन्चार्ज खिमलाल भट्टराईले कालापानीबाट भारतीय सेना हटाउन सक्ने खुबी एमाले पक्षधर गठबन्धनसँग रहेको दाबी गरे।
उनले मुलुकको आर्थिक, सामाजिक परिवर्तनका लागि एमाले पक्षधरलाई विजयी गराउन जरुरी भएको समेत बताए । नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउने विषयबारे नेपाली कांग्रेस र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कसैले पनि बोल्न नसकेको आरोप उनले लगाए ।

सरकारको नेतृत्व सम्हालिरहेको पाँचदलीय गठबन्धनले देश र जनताको पक्षमा कुनै पनि काम गर्न नसकेकाले अबको निर्वाचनमा मतदाताले एमालेको नेतृत्वमा बन्ने सरकारको पक्षमा मतदान गर्ने दाबी उनीहरूले गरे ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमाले, राप्रपा र जसपासहितको तीनदलीय गठबन्धनको पक्षबाट उम्मेदवार बनेका राप्रपाका दीपक बोहराको तर्फबाट जनसभामा बोल्दै राप्रपाका केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापाले अहिले सरकारको नेतृत्व सम्हालेको पाँचदलीय गठबन्धनकै यदि सरकार बनाएमा मुलुकमा आर्थिक संकट घोषणा गर्ने बाहेक अन्य कुनै पनि विकास निर्माणका कार्य हुन नसक्ने दाबी गरे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend