काठमडौं, बैशाख १४ गते । सरकारले अब कोभिड १९ को परीक्षण प्रदेश २ र प्रदेश ५ मा केन्द्रित गर्ने भएको छ । कोरोनाको सबैभन्दा जोखिम यो दुई प्रदेशमा देखिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशभरनै केन्द्रीत रहने बताएका छन् । अहिले मन्त्रालय प्रदेश नं २ र उदयपुरमा केन्द्रीत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

अब प्रदेश ५ कोरोनाको जोखिमयुक्त क्षेत्र पर्ने मूल्याकन भएकाले त्यसमा ध्यान केन्द्रित गरेका छौं प्रवक्ता देवकोटाले भन्नुभयो ।
वैशाख १३ गतेसम्मको रेकर्डमा ३९ हजार ६७० जनाको परीक्षण गरिएकोमा प्रदेश २ मा ५ हजार ४४ र प्रदेश ५ मा २ हजार ९५० को मात्रै परीक्षण भएमोमा अब दुई प्रदेशमा दूत्र गतीमा चेकजाँच गरिने बताएको छ ।
यसका लागि नेपाली सेनाले समेत मेडिकल टिम खटाउने तयारी गरेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सोमबारवाटै प्रदेश नं ५ मा मेडिकल टोली खटाउने जानकारी भएको गोरखापत्र अनलाइनले जनाएको छ ।। सरकारले वैशाख १३ गतेसम्म ९ हजार ६६६ जनाको स्वाब परीक्षण गरेको छ ।
सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री दुई हप्तामा आइपुग्ने जानकारी प्रवक्ता देवकोटाले दिनुभयो । सेनाले रक्षा मन्त्रालय मार्फत स्वास्थ्य सामाग्रीको ढुवानीको खर्चको माग गरिएको समेत जानकारी दिनुभयो । उहाँले सामाग्री ढुवानीको लागि वोलपत्र खुल्ला गरिएको र रकम निकासाको प्रकृयामा पुगेको प्रवक्ता पाण्डेले बताउनुभयो
-यो समाचार सामग्रि गोरखापत्र अनलाईनबाट लिईएको हो ।

लुम्बिनी रिभ्यू