काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सोमबार मुलुकको ४४ औं प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।
लगत्तै तीन जना उपप्रधानमन्त्री तथा चार जना विना विभागीय मन्त्रीहरुले पनि राष्ट्रपतिसमक्ष शपथ ग्रहण गर्नुभयो । शपथ ग्रहणसँगै आज पहिलो दिन आठ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ ।
नयाँ गठित मन्त्रिपरिषदमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाई; कानुन, न्याय तथा संसदीय मामिला; कृषि तथा पशुपंक्षी विकास; खानेपानी; परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा; वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, शहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या ताेकिएकाे छ ।
त्यस्तै, विष्णुप्रसाद पौडेल– उपप्रधानमन्त्री अर्थ, नारायणकाजी श्रेष्ठ– उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात, रबि लामिछाने– उपप्रधानमन्त्री गृहमन्त्री हुनुभएकाे छ ।
ज्वालाकुमारी साह– मन्त्री कार्यभार पछि तोकिने, दामोदर भण्डारी– मन्त्री कार्यभार पछि तोकिने, राजेन्द्रकुमार राई–मन्त्री कार्यभार पछि तोकिने, अब्दुल खान– मन्त्री कार्यभार पछि तोकिने छ।
तस्बिर : रासस,गाेरखापत्र अनलाइन













लुम्बिनी रिभ्यू