• Saturday 25th July 2026

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लिला गिरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लिला गिरी नियुक्त


  • लुम्बिनी रिभ्यू

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । यसअघि गिरीले बुधबारै ५८ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दावी पेश गर्न बुधबार अपरान्ह ४ बजेसम्मको समयसीमा दिएकोमा निर्धारित समयसिमाभित्रै गिरीले विभिन्न दलका सांसदहरुको हस्ताक्षरसहित दावी पेश गरेका थिए ।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सांसद रहेकोमा गिरीले एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३÷३, नागरिक उन्मुक्तिका ४, लोसपाका ३ र स्वतन्त्रबाट निर्वाचित २ गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

लुम्बिनीमा सरकार गठनका लागि ४४ जनाको सांसदको समर्थन आवश्यक पर्छ । तर गिरीले नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीबाहेकका दलको समर्थन पाएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend