• Saturday 25th July 2026

क्रूर कोरोना-लियो एकै परिवारका तीन जनाको ज्यान

क्रूर कोरोना-लियो एकै परिवारका तीन जनाको ज्यान


  • लुम्बिनी रिभ्यू

तनहुँ, असोज २७ गते । कोरोना भाईरसको सङ्क्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भिमाद नगरपालिकाको भिमाद बस्ने ९८ वर्षीय धर्मकुमार श्रेष्ठ, निजका छोराहरु ७४ वर्षका कृष्णकुमार र ७१ वर्षका विष्णुकुमारको मृत्यु भएको हो ।
धर्मकुमार राजधानीको विएण्डबी अस्पतालमा उपचारको क्रममा आईतबार मृत्यु भएको थियो । यसअघि शनिबार उहाँको माईलो छोराको कृष्णकुमारको पनि राजधानीमै उपचारको क्रममा मृत्यु भएको थियो । र साईलो छोरो विष्णु कुमारको सोमबार निधन भएको हो । एकै परिवारको तीन जनाको मृत्यु भएपछि भिमाद बजार शोकमा डुबेको छ ।
उहाँहरु तीनै जनाको कोराेना सङक्रमणबाट मृत्यु भएको जेठो छोरा ७७ वर्षका रामकुमार श्रेष्ठको राजधानीमै सघन कक्षमा उपचार भईराखेको मृतक धर्मकुमारका ज्वाई तथा नेकपा गण्डकी प्रदेशका सदस्य शङ्कनारायण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार धर्मकुमारका नौ जना परिवारमा कोरोनाको सङ्क्रमण भएको थियो । बुबा धर्मकुमारलाई चितवन मेडिकल कलेजमा उपचारको क्रममा उहाँहरुलाई सङक्रमण भएको हो ।

-अमरराज नहर्कीले लेख्नु भएको यो समाचार गोरखापत्र अनलाईनबाट लिईएको हो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend