• Saturday 25th July 2026

एकेडेमीको संगठन बिस्तार तीब्र,ललितपुरमा पनि पूर्णता

एकेडेमीको संगठन बिस्तार तीब्र,ललितपुरमा पनि पूर्णता


  • लुम्बिनी रिभ्यू

काठमाडौ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले देशब्यापी संगठन बिस्तारलाई तीब्रता दिएको छ ।
सो क्रममा शनिबार ललितपुर जिल्ला तथा पालिकाहरुमा नेतृत्व चयन भएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका ईमाडोलमा सम्पन्न भेलाले नेतृत्व चयन गरेको हो ।
एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले ती कमिटीहरु गठन गरेको हो । सो अवसरमा बोल्दै अध्यक्ष आचार्यले पूर्व घोषित कार्यक्रमहरुसंगै एकेडेमीले संगठन बिस्तारलाई महत्वका साथ तीब्रता दिएको बताउनुभयो ।
विशेष अतिथिका रुपमा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य हरिकृष्ण ब्यन्जन्कारले एकेडेमीले रचनात्मक कृयाकलापहरु अघि बढाएको चर्चा गर्नुभयो ।
सो अवसरमा नेकपा एमाले केन्द्रिय सदस्य बाबुराम थापा, ललितपुर जिल्ला अध्यक्ष पुरुसोत्तम आचार्य, एकेडेमीका उपमहासचिव सुवर्ण श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

 
भेलाबाट राजिव बज्राचार्यको अध्यक्षतामा ३५ सदस्यीय ललितपुर जिल्ला कमिटी गठन भएको छ ।
निम्न अनुसार पालिकाहरुमा नेतृत्व चयन भएका छन् ।

ललितपुर महानगर कमिटी
अध्यक्ष : प्रदिप ब्यन्जनकार
२५ सदस्यीय कमिटी

महालक्ष्मी नगर कमिटी
अध्यक्ष  : बिना सुवेदी के सी
३५ सदस्यीय कमिटी

महांकाल गाउँ कमिटी
अध्यक्ष : धिरेन्द्र चौधरी
९ सदस्यीय कमिटी

कोन्जोसोम गाउँ कमिटी
अध्यक्ष : बिरेन्द्र लामा
७ सदस्यीय कमिटी

बागमती गाउँ कमिटी
अध्यक्ष : विश्व बजगाइं
९ सदस्यीय कमिटी

गोदावरी नगर कमिटी
अध्यक्ष : रोशन बैजु
११ सदस्यीय कमिटी
यसअघि एकेडेमीले देशका अधिकांश जिल्ला र पालिकाहरुमा संगठन बिस्तार गरिसकेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend