• Saturday 25th July 2026

समाजबादी मोर्चाको सन्देशसभा एमसीसीरबारेमा केन्द्रित

समाजबादी मोर्चाको सन्देशसभा एमसीसीरबारेमा केन्द्रित

नेत्रविक्रम बिप्लव सीले एससीसीका नाममा नेपाल लुट्न नपाइने बताएपछि विषय उतै मोडिएको थियो ।


  • लुम्बिनी रिभ्यू

बुटवल । एमसीसी लागू हुने दिन नजिकिदै गर्दा सत्ता नेतृत्व गरिरहेको नेकपा माओबादी केन्द्रदेखि नेकपा बिप्लव समुहसम्म सहभागि समाजबादी मोर्चामा त्यसबारे चर्को बहस भएको छ ।
मंगलबार बुटवलमा समाजबादी मोर्चाले आयोजना गरेको सन्देश सभा एमसीसीबारे बढि केन्द्रित भयो । जहाँ उक्त परियोजना पास गर्ने र सुरुदेखि नै बिरोध गर्नेहरुविच सवाल जवाफ चलिरह्यो ।
लुम्बिनीमा सन्देशसभाको ब्यवस्थापन गर्ने मौका पाएको बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीबारे ठूलो मासमा आफ्नो धारणा राख्ने मौकाको सदुपयोग गरेको थियो ।
उक्त पार्टीका महासचिव नेत्रविक्रम बिप्लव सीले एससीसीका नाममा नेपाल लुट्न नपाइने बताएपछि विषय उतै मोडिएको थियो ।
अन्तिम बक्ता प्रधानमन्त्री प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीमा १२ बुँदे व्याख्यात्मक टिप्पणी एमसीसीकै अंग बनाएर आफूहरुले सदनबाट पारित गरेको बताए । उनले १२ बुँदे व्याख्यात्मक टिप्पणी कार्यान्वयन नभए हामी अझै एमसीसीविरुद्ध सडकमा जाने अवस्था रहेको बताए । एमसीसी कार्यान्वयनबारे छलफलका लागि अमेरिकी प्रतिनिधि नेपाल आउन लागेको उनले जानकारी गराए ।
आफूहरु जटिल परिस्थितिमा पनि देशको राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको सुनिश्चित कसरी गर्ने भन्नेमा लागेको उनले बताए ।
धेरै अप्ठ्याराहरुको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबैभन्दा ठूलो राष्ट्र, जनता, समाजवाद, सुशासन, सामाजिक न्याय र समृद्धि भएको प्रचण्डको भनाइ छ ।


पढ्नोस उक्त सभामा कसले के भने ?
सभामा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनका मुख्यशक्तिहरु आफूहरु सँगै भएको बताउँदै समाजवादी मोर्चाको भविश्य रहेको बताए ।
उनले आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न की भन्ने लागेपनि सबैको साथले अहिलेसम्म टिकिराखेको बताए । ‘प्रतिपक्षी साथीले संसदमा अनेक गर्नुभएको छ, तर पनि चिज अगाडि बढेकै छ, बढ्छ’ उनले भने ।
उनले एमसिसिका बिषयमा आफू प्रधानमन्त्रीको रुपमा धेरै बोल्न नमिल्ने बताउँदै देशको स्वाधिनता र राष्ट्रिय हित लाागि जनयुद्धमा जस्तै गरी लडिराखेको बताए । उनले अनुदान लिएर देशको हितमा विकास गर्ने गरी योजनालाई अगाडि बढाउने बताए ।
अध्यक्ष प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध समाजवादी मोर्चा बनेको बताए । उनले अहिले प्रतिक्रियावादी शक्तिहरु जातीय द्वन्द्व निम्त्याएर परिवर्तन उल्ट्याउने प्रयत्नमा लागेको बताए । अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनका मुख्य शक्तिहरु अहिलेको मोर्चामा रहेको बताए । अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपि ओलीप्रति लक्षित गर्दै भने –‘पटक–पटक संविधान मिचेर संसद विघटन गर्ने नेताबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन ।’
हामीले सदनमा पास गरेका विषय तलमाथि नहोस  : पूर्वप्रधानमन्त्री माधव नेपाल
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बुधबारदेखि नेपालमा लागू हुन लागेको एमसीसी परियोजनाको विषयमो भने– हामीले सदनमा पास गरेका विषय तलमाथि नहोस् ।
एमसीसीका रहेका केही विषय सच्चाउनुपर्ने भएरै सच्चाइएको हो, एमसीसीलाई अंग बनाएका छौं, नेपाल कुनै पनि सैन्य संगठनमा सहभागी हुन सक्दैन, नेपालको अधिकार सुरक्षित हुनुपर्छ, नेपालले अडिट गर्नु पाउनुपर्छ, उनले भने–‘बिगतका सरकारबाट यो विषयमा गल्ती भएको हो, म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु नेपाली जनताको हित विपरीत भए जनतालाई जवाफ दिनुपर्छ, मोर्चालाई जवाफ दिनुहोस्, सम्झौतामा क्लियर हुनुपर्दछ ।’
एमसीसी यही अवस्थामा कार्यान्वयन हुन दिँदैनौ : विप्लव
नेकपा महासचिव नेत्रविक्रम बिप्लव सीले एससीसीका नाममा नेपाल लुट्न नपाइने बताए ।
एमसीसी परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने बताउँदै उनले भने–नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौ, नेपाललाई निस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिदैन, समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।
विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेकाले त्यसविरुद्ध एक्लै लडेर जान नसकिने भएकाले अहिलेको मोर्चा बनेको बताएका छन् ।
उनले समाजवादी मोर्चाको बचाउ गर्दै अहिलेको आवश्यकताले यो गठन भएको दावी गरे ।
यो कुनै व्यक्तिगत चाहनाबाट नभएर अहिलेको आवश्यकतामा आधारित भएर गठन भएको छ । राजनीतिक धेरै उपलब्धी धेरै भएका छन्, तर पूँजीवाद आयो, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा धेरै चाहेका उपलब्धी भएनन् अब एक्लै हिंडेर त्यो उपलब्धी हुनसक्दैन भनेर समाजवादी आन्दोलनका लागि यो मोर्चा बनेको हो, विप्लवले भने ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend