• Saturday 25th July 2026

लुम्बिनी प्रदेश सरकारद्वारा भुकम्प प्रभावित क्षेत्रकालागि डेढ करोड सहयोग

लुम्बिनी प्रदेश सरकारद्वारा भुकम्प प्रभावित क्षेत्रकालागि डेढ करोड सहयोग


  • लुम्बिनी रिभ्यू

बुटवल । लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रकालागि डेढ करोड सहयोग  गर्ने भएको छ । शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको अर्थमन्त्री धनबहादुर मास्कीले बताए । प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा टोली पठाउने निणर्यसमेत गरेको छ ।

लुम्बिनीले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ । यसैगरी बाँकेका विभित्र अस्पतालमा घाइतेका लागि उपचारको व्यवस्थापन गर्नुका साथै बुटवलको लुम्बिनीको प्रादेशिक अस्पतालबाट मेडिकल टीम घटनास्थल पठाइएको छ । प्रदेशका विभिन्न स्थानीय सरकारले पनि राहत घोषणा गर्दै त्यसतर्फ लागेका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend