
काठमाडौं । शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल सकिएको छ ।
सिंहदरबारमा मङ्गलबार अपराह्न भएको छलफलमा शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति बलियो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
प्रधानमन्त्री प्रचण्डका सचिवालय अनुसार उहाँहरुले प्राप्त उपलब्धिलाई थप सबल बनाउन आफ्नो–आफ्नो तहबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयाे ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी,राप्रपा लगायतका दलहरूले भने निम्तो पाएका थिएनन् ।

लुम्बिनी रिभ्यू