• Saturday 25th July 2026

बुटवलमा दीपावली महोत्सवकाे तयारी

बुटवलमा दीपावली महोत्सवकाे तयारी


  • लुम्बिनी रिभ्यू

बुटवल । दीपावलीकाे अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा कात्तिक २५, २६ र २७ गते तीन दिने ‘दीपावली महाेत्सव  हुने भएकाे छ ।

कार्यसमिति बैठकले दीपावली महोत्सव गर्ने निर्णय सहित तयारी समिति र मातहतका उपसमितिहरु समेत गठन गरिएको संघका महासचिव मुक्ति अधिकारीले जानकारी गराउनुभयो ।

महोत्सवको लागि बुटवल उपमहानगरपालिका संरक्षक तथा बुटवल उपमहानगरपालिका वडा नं. ४, ५ र ६ प्ररवर्धककाे रुपमा रहने छन् ।

अध्यक्ष हरीप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलाई दीपावली महोत्सव व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । उक्त समितिमा संघका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, तीन वटै वडाका एक एक जना वडा सदस्य र कार्यक्रम सञ्चालन हुने क्षेत्रका टोल विकास संस्थाका अध्यक्षहरु सदस्य तथा सदस्य सचिवको रुपमा महासचिव मुक्ति अधिकारी रहनुभएकाे छ ।

महोत्सव सञ्चालनको लागि ६ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । फूड फेस्टिवल सहितको दीपावली महोत्सव सम्पन्न गर्नको लागि उद्योग उपाध्यक्ष सुरज भट्टराई संयोजक फूड कोर्ट उपसमिति, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई संयोजक रहेको मञ्च व्यवस्थापन उपसमिति, महासचिव मुक्ति अधिकारी संयोजक रहेको पूर्वाधार निर्माण तथा सुरक्षा व्यवस्थापन उपसमिति, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल संयोजक रहेको आर्थिक व्यवस्थापन उपसमिति, सचिव प्रतिक पोखरेल संयोजक रहेको प्रचार प्रसार उपसमिति र सहकोषाध्यक्ष धनाकुमारी खनाल संयोजक रहेको सरसफाई व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

बुटवल उद्योग वाणिज्य संघले पहिलो पटक सञ्चालन गर्न लागेको दीपावली महोत्सव महेन्द्रपार्क देखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केट देखि ट्राफिकचोकसम्म सञ्चालन गरिने छ ।

बुटवलको खस्किदो व्यापारलाई प्रवद्र्धन गर्न र आर्थिक गतिबिधिलाई थप चलायमान गराउनको लागि दीपावली महोत्सव गर्न लागिएको संघका अध्यक्ष अर्यालले बताउनु भयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend