• Saturday 25th July 2026

बुटवलमा दीपावली महोत्सव संचालन

बुटवलमा दीपावली महोत्सव संचालन


  • लुम्बिनी रिभ्यू

बुटवल । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारलाई लक्षित गरि बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा शनिबारदेखि तीन दिने ‘दीपावली महोत्सव–२०८०’ सुरू गरेको  छ।

उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै बुटवलको विकास सबैको साझा विषय भएको बताए ।

संघका अध्यक्ष हरीप्रसाद अर्यालले बुटवलको खस्किदो व्यापारलाई उठाउन गर्ने गरि आफु संस्थागत रुपमा लाग्ने प्रतिवद्धता जनाए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीपावली महोत्सव मात्रै नभएर देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमलाई मौलिक बनाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष जीवनप्रसाद वझा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष डिल्ली भण्डारी, अमरपथ टोल विकास संस्थाका अध्यक्ष रामबहादुर रणपालले महोत्सवको सफलताको शुभकामना ब्यक्त गरे ।

बुटवल उपमहानगरपालिका संरक्षक र बुटवलका वडा नं. ४, ५ र ६ प्रवद्र्धकको रुपमा रहेको महोत्सव तीन दिनसम्म सञ्चालन मेला महोत्सवका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले बताए ।

संघले पहिलो पटक सञ्चालन गरेको दीपावली महोत्सवमा  विभिन्न कलाकारहरुको दैनिक प्रस्तुती रहने संघका महासचिव मुक्ति अधिकारीले बताए

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend