
बुटवल । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ८ मुण्डेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
बुलिङटारबाट कावासोती आउँदै गरेको जीप गोरे घुुम्तीमा बिहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । मृतकमध्ये तीन महिला तीन पुरुष छन् ।
७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएको पौडेलले बताउनुभयो । मृतकको पहिचान खुलेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ ।

लुम्बिनी रिभ्यू