
काठमाडौ । पूर्बीनवपरासीकाे देवचुली नगरपालिका –८ मुण्डेमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
घाइते एक जनाको पनि चितवनमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या सात पुगेको नवलपुर प्रहरीले जनाएको छ ।
बुलिङटारबाट कावासोतीका लागि छुटेको ग १ ज ३२७० नम्बरको जिप एसमोडको एउटा घरमा ठोक्किएर बिहान दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा बौदीकाली गाउँपालिका –६ का जिपचालक २९ वर्षीय छनबहादुर आले, सोही ठाउँका ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, ४५ वर्षीया कमला वानटक्की, बुलिङटार गाउँपालिका –४ का १२ वर्षीया करिश्मा ठाडा र मध्यविन्दु नगरपालिका २ मदनपुरका १८ वर्षीय चिरन अर्याल रहेको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । अन्य एक जनाको अझै पहिचान खुलेको छैन ।

लुम्बिनी रिभ्यू