
बुटवल । रुपन्देहीकाे भलुहीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
काठमाडौँबाट दाङ जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजे देवदह नगरपालिका ८ भलुहीमा पल्टिँदा २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।
बसमा सवार ३८ मध्ये बाँकी १८ जना भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए।
घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ।

लुम्बिनी रिभ्यू