• Saturday 25th July 2026

तिलोत्तमामा आजदेखी औद्योगिक व्यापार मेला

तिलोत्तमामा आजदेखी औद्योगिक व्यापार मेला


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देहीको तिलोत्तमामा आजदेखी औद्योगिक व्यापार मेला सुरु हुदै छ ।

तिलोत्तमा उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८०’ हुने भएको हो ।

ञसबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापारझ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलामा गेट, सचिवालय, मञ्च, स्टललगायतका निर्माण कार्य सकिएको छ ।

मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा। चन्द्र भन्डारीले गर्ने कार्यक्रम तय भएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend