• Saturday 25th July 2026

चन्द्र भण्डारीले भाषण मात्र होइन काम गरेर देखाउनुपर्छ : कांग्रेस  सभापति शेरबहादुर देउवा

चन्द्र भण्डारीले भाषण मात्र होइन काम गरेर देखाउनुपर्छ : कांग्रेस  सभापति शेरबहादुर देउवा

राम्रो कुरा गर्ने र काम गर्ने विषय फरक विषय हुन् ।  काम गर्यौ भने भाषण गरेर बुझाउन पर्दैन ।


  • लुम्बिनी रिभ्यू

बुटवल,  कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य चन्द्र भण्डारीलाई अब काम पनि राम्रो गरेर देखाउन चुनौति दिएका छन् । राम्रो कुरा गर्ने र काम गर्ने विषय फरक भएको बताउदै काम गर्यौ भने भाषण गरेर बुझाउन नपर्ने बताए । (राम्रो कुरा गर्ने र काम गर्ने विषय फरक विषय हुन् ।  काम गर्यौ भने भाषण गरेर बुझाउन पर्दैन) बुटवलमा आयोजित नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनमा बोल्दै सभापति देउवाले भने ।
सम्मेलनमा बोल्दै यसअघि नेता चन्द्र भण्डारीले शेरबहादुर अब विधानत सभापति बन्न नसक्ने र गुट चलाएको भन्दै चर्को आलोचना गरेपछि पाटी सभापतिले आफ्नो सम्बोधन भण्डारीमा केन्द्रीत गरेका हुन् ।  सभापति देउवाले भने, ठूलो दुर्घटनामा परेर उहा बाच्नुभएको छ । हामीमाझ आउनुभएको छ । म उहाले भनेका कुरालाई नराम्रो मान्दिन । तर अब भाषण गरेर हुन्न । राम्रो काम पनि गरेर देखाउन पर्छ । नेता कार्यकर्ताले यही खोजेका छन् ।
सभापति देउवाले पाटी राम्रो बनाउन पाटीभित्रका सबैले राम्रो काम गर्नुपर्ने दोहोराए ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनीबाट सुरु भएको कांग्रेसको लहर अब सातै प्रदेश हुदै देशभर पुग्ने बताए । उनले जस्तासुकै देशका अफ्ठेरा परिस्थितिलाई पनि कांग्रेसले अब पनि कांग्रेस नडगमगाउने बताए । सभापति देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भएको कांग्रेस सम्मेलनले विकास , संवृद्धि र सहिष्णुता फैलाउनुपर्ने बताए । उनले कांग्रेस राम्रो हुदा जनता राम्रो हुने बताउदै जनतामा निराशा नछर्न पनि आग्रह गरे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend