• Saturday 25th July 2026

बुटवलमा लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय मेलाकाे तयारी

बुटवलमा लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय मेलाकाे तयारी


  • लुम्बिनी रिभ्यू

बुटवल । बुटवलमा पुस ५ देखि १८ गतेसम्म लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय मेला हुने भएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ हुने मेलाले सुस्ताएको अर्थतन्त्र माथि उठाउन सहयोग पुग्ने मेला आयोजक रुपन्देही व्यापार संघले जनाएको छ ।

एक्स्पोको विषयमा जानकारी दिने उद्देश्यले बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले एक्स्पोको आयोजनाले व्यापार व्यवसायलाई चलायमान बनाउन मद्दत गर्ने अपेक्षा लिएको बताउनुभयो ।

एक्स्पोमा पाँच सय बढी स्टल सहभागिता गराउने, १० लाख बढी दर्शकले अवलोकन तथा करिब ५० करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा संघले लिएको जनाएको छ।

अहिले एक्स्पो तथा मेला स्थल बुटवल मण्डपमा एक्स्पोको तयारीका कामहरु भैरहेको छ । एक्स्पोमा साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, मोवाइल, सूचना प्रविधि, टेक्सटाइल्स, गार्मेन्ट्स तथा फुटवेयर लगायतका वस्तुहरु प्रदर्शनीमा राखिने भएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend