• Saturday 25th July 2026

करिश्माकाे फेसबुक पेजमै ‘सूर्यकुमारी’ !

करिश्माकाे फेसबुक पेजमै ‘सूर्यकुमारी’ !


  • लुम्बिनी रिभ्यू

काठमाडौं । केही समयअघि कपिलबस्तुमा नेकपा एमालेको सभामा बोल्दै अभिनेत्री करिश्मा मानन्धरले आफ्नो नाम सूर्यकुमारी भएको बताएकी थिइन् । आफ्नो नाम एमाले चुनाव चिन्हसँग मिलेको प्रसंग निकाल्दै उनले न्वारनको नाम सूर्यकुमारी भएको बताएकी थिइन् ।

करिश्मा यो भाषणपछि सामाजिक सञ्जालमा थप भाइरल बनिन् । कतिपयले नामकै कारण उनलाई ट्रोल समेत गरे । टाइमलाइनमा व्यापक चर्चा भएपछि करिश्माले पुनः आफ्नो नामले पोलेको भन्दै आलोचकलाई जवाफ दिइन् ।

करिश्माको सूर्यकुमारी नामप्रतिको मोह अब भाषणमा मात्र सीमित रहेन । उनले सामाजिक सञ्जालमै यो नामलाई प्रवेश गराइदिएकी छन् । ३ लाख ७६ हजार फलोअर्स भएको आफ्नो फेसबुक पेजको नाम ‘करिश्मा मानन्धर : सूर्य कुमारी’ राखेकी छन् । अनि त्यो पेजलाई फेसबुकले भेरिफाइड समेत गरिदिएको छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend