• Saturday 25th July 2026

तेस्रोलिंगी सरोजी आफ्नै पहिचानमा क्याम्पस भर्ना

तेस्रोलिंगी सरोजी आफ्नै पहिचानमा क्याम्पस भर्ना


  • लुम्बिनी रिभ्यू

बुटवल, तेस्रोलिंगी अर्थात यौंनिक तथा लैंगिक अल्पसंख्यक सरोजी न्यौपानेले आफ्नै पहिचानमा कलेज भर्ना हुन पाएकी छन्। उनी सोमबार बुटवल बहुमुखी क्याम्पसमा बि ए सोसियोलोजी संकायमा भर्ना भएकी हुन् ।

साहसी कदम नेपालले फरक पहिचानमा पढ्न पाउनुपर्ने पहल गरेपछि भर्ना गरिएको साहसी कदम नेपाल रुपन्देहीका अध्यक्ष आनिक राना मगरले बताइन् । साहसी कदमले लैंगिक पहिचान अनुसार पढ्न ,लेख्न तथा वैदेशिक अध्ययन एवं रोजगारीका लागि सहज वातावरण बनाउन वकालत गर्दै आइरहेको छ ।

सरोजीले कक्षा १२ सम्म पुरुषको पहिचानमा पढेकी थिइन् । पहिचान फेरेपछि बारम्बार धेरै पढ्ने र भबिष्य उज्ज्वल बनाउने उनको सपना सपनामै रहने हो कि भन्ने आशंका थियो । पढाइ छोडेको केही वर्षमा आफ्नै पहिचानबाट अध्ययन गर्न पाउदा निकै खुसी लागेको सरोजीले बताइन् । साहसी कदमका प्राविधिक सल्लाहकार रेशम न्यौपानेले बुटवल बहुमुखी क्याम्पसमा सरोजीको भर्ना हुनु भनेको तेस्रो लिंगी समुदायले सहज अध्ययन गर्न पाउने ढोका खुलेको बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend