• Saturday 25th July 2026

छोरीलाई बलात्कार र छोराको हत्या आरोप लागेका बुबा पक्राउ

छोरीलाई बलात्कार र छोराको हत्या आरोप लागेका बुबा पक्राउ


  • लुम्बिनी रिभ्यू

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।

प्रहरीले बिहीबार  उनलाई कैलालीको टिकापुर-१ देखि पक्राउ गरेको हो । उनलाई १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या गरेको र आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

उनलाई टिकापुर कैलालीबाट सुर्खेत ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले नेपाल प्रेसलाई जानकारी दिए ।

बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता गराएका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend