• Saturday 25th July 2026

बुटवलको सुजुकी मोटर पार्ट्स् गोदाममा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति

बुटवलको सुजुकी मोटर पार्ट्स् गोदाममा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति


  • लुम्बिनी रिभ्यू

बुटवल — बुटवलको कालिकानगरमा रहेको सुजुकी मोटर पार्ट्स् गोदाममा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–९ कालिकानगर स्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्स् गोदाममा सोमबार आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । आगलागीको कारण भने खुलेको छैन ।

आगो नियन्त्रणमा लिन बुटवल उपमहानगरपालिका, प्रहरी तालिम केन्द्र, सैनामैना तथा सिद्धार्थनगर नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । गोदाममा प्लाष्टिकजन्य सामाग्री बढी रहेका कारण आगो नियन्त्रणमा लिन ४ वटा दमकललाई झण्डै १ घण्टा समय लागेको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण नआएपनि झण्डै २ करोड बराबरको क्षति भएको संचालक श्याम सापकोटाले बताए । संचालकले विद्युत सर्ट भएर आगलागी भएको बताएका छन् । आगलागीको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend