बुटवल, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईंले देश तस्कर र सिमित मारवाडीको कब्जामा रहेको बताएका छन् ।
मंगलबार बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंक तथा वित्तीय संस्थाको कारण जनता मर्ने वातावरणबाट बचाउनको लागि अहिलेको अभियान भएको बताए ।
प्रसाईले फागुन १ गतेबाट अहिलेको राज्य व्यवस्था विद्धको नयाँ अभियान सुरुवात हुने बताए । बुटवलका व्यवसायीहरु अभियानमा जोडिन आग्रह गर्दै उनले सत्य कुरा जहिले पनि तितो हुने भन्दै सत्यको पछि लाग्नको लागि आग्रह समेत गरेका थिए ।
“ लुम्बिनी अञ्चलस्तरीय” लेखिएको सभामा दिपेन्द्र कण्डेल, शिव सेना नेपालका केन्द्रीय सदस्य शिशिर विक्रम शाह, राप्रपा जिल्ला सदस्य माधव रिमाल लगायतले बोलेका थिए ।

लुम्बिनी रिभ्यू