बुटवल–बुटवलमा अव्यवस्थित बसोबासी रहेको लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु भएको छ ।
मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम शुरु भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच गरी लालपूर्जा वितरण गर्न २५ जना कर्मचारी खटाएको बताए । उहाले नापजाँच भएर प्रक्रिया पूरा भएका जग्गाको पूर्जा वितरण गर्नका लागि भूमि आयोगलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले भूमि आयोगले नापजाँच भएका जग्गाको पूर्जा वितरणलाई तीब्र बनाउने विश्वास दिलाए । यसअघि बुटवल २ र ११ का अधिकांश पूर्जाविहिन जग्गाको नापजाँच भएर भूमि आयोगमा पठाइएको छ।

लुम्बिनी रिभ्यू