• Saturday 25th July 2026

अख्तियारमा २२ हजार बढी उजुरी

अख्तियारमा २२ हजार बढी उजुरी


  • लुम्बिनी रिभ्यू

काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २२ हजारभन्दा बढी उजुरी पुगेका छन् । केन्द्र र ७ वटै प्रदेश कार्यालयमा गरी अख्तियारमा पुससम्म २२ हजार १ सय २७ उजुरी परेका हुन् । त्यसमध्ये ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित छन् ।

स्थानीय तहमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायत धेरै काम हुने र सेवाग्राहीका विषय जोडिने भएकाले उजुरी बढेको आयोगको बुझाइ छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार स्थानीय तहपछि अख्तियारमा भूमि र शिक्षासँग सम्बन्धित उजुरी धेरै आएका छन् ।

स्थापना भएको ३३ वर्ष पूरा गर्दा आयोगले विदेश अदालतमा दायर गरेका मुद्दामा ७० प्रतिशतभन्दा बढीमा दाबीविपरीत फैसला हुनुले अख्तियारको अनुसन्धान क्षमतामाथि भने प्रश्न उठ्दै आएको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियार दुरुपयोग गरेकोबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित संवैधानिक निकायका रुपमा २०४७ सालमा आयोग स्थापना गरिएको हो । अख्तियारले भोलि ३४औं स्थापना दिवस मनाएको छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend