• Saturday 25th July 2026

झिल्के मिल्के कुरा गरेर दिगो राजनीति गर्न सकिदैन : ओली

झिल्के मिल्के कुरा गरेर दिगो राजनीति गर्न सकिदैन : ओली


  • लुम्बिनी रिभ्यू

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको लागि सबल र निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको छ।

अनेरास्ववियु केन्द्रीय कमिटीको पूर्ण बैठकलाई बुधरबार सम्बोधन गर्दै ओलीले नेकपा एमाले सबल राष्ट्रिय शक्ति भए पनि निर्णायक राष्ट्रिय शक्ति नबनेको बताउनुभयो। २०८४ को निर्वाचनमा नेकपा एमालेलाई सबल राष्ट्रिय शक्तिबाट निर्णायक सुदृढ राष्ट्रिय शक्ति बनाउनु पर्ने उहाँले बताउनुभयो। ‘अरू राष्ट्रिय शक्ति बन्न सक्दैनन्, एमाले राष्ट्रिय शक्ति बन्नुपर्छ’, ओलीले भन्नुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुखी नेपाल समृद्ध नेपालको लागि नेकपा एमाले नै सत्तामा पुग्नु पर्ने बताउनुभयो। त्यसको लागि पार्टी एक भएर अघि बढ्नुपर्नेमा ओलीले जोड दिनुभयो।

अध्यक्ष ओलीले सबैभन्दा महत्त्वपूर्ण कुरा एकता नै भएको बताउँदै संगठन र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनु पर्ने बताउनुभयो। त्यसको लागि विचार प्रमुख विषय भएको उहाँले प्रष्ट पार्नुभयो। लक्ष नतोकी हिँडियो भने गन्तव्य निश्चित नहुने उहाँले बताउनुभयो। ‘सँगै हिँड्दा बल हुन्छ, उछिनपाछिन गर्दा बल हुँदैन, अनेकता हुँदा बल हुँदैन, एकता हुँदा बल हुन्छ’, उहाँले भन्नुभयो।

चुनावदेखि चुनावसम्म, पददेखि पदसम्मको राजनीति देश र जनताको लागि हितकर नहुने ओलीले बताउनुभयो । अहिलेको अवस्थाबाट उन्नत र समृद्ध समाज निर्माण गर्ने कुरा राजनीतिक लक्ष हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अहिले नयाँ नयाँ भन्ने दल र नेता निस्किएका बताउँदै ओलीले गत साल नै पार्टी खोलेकाहरू पनि अब पुराना हुँदै गएका बताउनुभयो । सडकमा जम्मा भएका मानिसलाई हात उठाउन लगाएर सांसदको उम्मेदवार बनाएकाहरूले गठबन्धनको वितृष्णबाट दिक्क भएका जनताको मत लिन सफल भएका ओलीको टिप्पणी छ । उनीहरूको कुनै गन्तव्य तथा राजनीतिक लक्ष र उद्देश्य नभएको ओलीले स्पष्ट पार्नुभयो ।

झिल्के मिल्के कुरा गरेर दिगो राजनीति गर्न नसकिने ओलीले बताउनुभयो । राजनीतिको लागि दिगो सोच र लक्ष हुने पर्ने ओलीको धारणा छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend