• Saturday 25th July 2026

फागुन ८ देखि एमाले केन्द्रीय कमिटीको बैठक आव्हान

फागुन ८ देखि एमाले केन्द्रीय कमिटीको बैठक आव्हान


  • लुम्बिनी रिभ्यू

काठमाडौं-नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले फागुन ८, ९ र १० गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।

सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताउनुभयो।

बैठकमा पछिल्ला समसायिमक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल हुने उहाँले बताउनु भयो। बैठकमा मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा हुने महासचिव पाेखरेलले बताउनु भयो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend