बुटवल, रुपन्देही उद्योग संघको उद्योगीहरुको भेलाले स्टेशनरी तथा प्याकेजिङ सम्बन्धी वस्तुगत समिति गठन गरेको छ ।
भेलाले जलेश्वर पेपरका संचालक कमलराज खनालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिको सहसंयोजकमा नमस्ते कापीका नारायण कार्की चयन भएका छन् । सचिवमा टी एण्ड टी पेपरका सतिश सापकोटा, सदस्यहरुमा गुराँस मसललन्दका विष्णु वाग्ले र युनिक पेपरका किस्मत पाण्डे रहेका छन् । भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्ले, कार्य समिति सदस्य किरण खरेल, सल्लाहकार ऋषिबहादुर भण्डारी, पूर्व कार्य समिति सदस्य ऋषिराम भण्डारी, उद्योगी सूर्यप्रसाद पराजुली र सूर्य न्यौपानेलाई चयन गरेको छ ।
भेलामा प्रतिवद्धता मन्तव्य राख्नुहुँदै समितिका संयोजक कमलराज खनालले उद्योगीका तमाम समस्याहरुलाई निराकरण गर्न सम्बन्धित निकायमा पहलका लागि रुपन्देही उद्योग संघ मार्पmत पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

लुम्बिनी रिभ्यू