बुटवल, ‘प्रांगारिक खेतीको प्रवद्धन स्वस्थ जीवनको अबलम्बन ’ भन्ने नारासहित बुटवलमा बिहीबारदेखि राष्ट्रिय प्रांगारिक कृषि मेला सुरु भएको छ ।
प्रांगारिक कृषि वस्तुको उत्पादन कृषिको व्यवसायिकरण र प्रविधि प्रयोगमा सहजीकरणका लागि बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयले मेलाको आयोजना गरेका हुन् । बुटवल प्रदर्शनीस्थलमा आयोजित मेलाको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरियो ।
मेलामा कृषि उत्पादन, प्रविधि,प्रद्धर्शनी र उपकरणका करिब १ सय स्टल सहभागी छन् । ५ दिनसम्म चल्ने मेलामा २० हजार जनाले अवलोकन गर्ने अपेक्षा लिइएको छ । मेलामा किसानलाई निशुल्क प्रवेश दिइएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवर्द्धनमा जोड दिने साथै उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्छी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना अभिबृद्धि गर्ने, प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धती अपनाउन कृषकहरुलाई जागरुक बनाउने मेलाको उदेश्य रहेको छ ।यस्तै उपभोक्ता वर्गमा प्राङ्गारिक कृषि उपज तथा असल खेती अभ्यास बारे जानकारी गराउने, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी अवलोकनकर्ता कृषक० लाई दिई आधुनिक कृषि उत्पादन सम्बन्धी प्रविधी हस्तान्तरण गर्ने, असल कृषि प्रणाली अपनाइ कृषि, पशुपन्छी तथा मत्स्यजन्य बस्तु उत्पादन एवं बजारीकरणमा सहयोग पुयाउने साथै प्रयोगका लागि जनचेतना फैलाउने समेत मेलाको उदेश्य रहेको छ ।

लुम्बिनी रिभ्यू