• Saturday 25th July 2026

भैरहवामा लुम्बिनी टेक कन्कलेभ सम्पन्न

भैरहवामा लुम्बिनी टेक कन्कलेभ सम्पन्न

प्रदेश युवा परिषद लुम्बिनीसंगको सहकार्यमा कोड फर चेन्जले लुम्बिनी प्रदेशमै ठूलो टेक इभेन्ट आयोजना गरेको हो ।


  • लुम्बिनी रिभ्यू

बुटवल, भैरहवामा टेक कन्कलेभ २०२४ सम्पन्न भएको छ । सूचना प्रविधिमा रुचि राख्ने कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरुलाई लक्षित गरि टेक आयोजना गरिएको हो ।

टेकमा सूचना प्रविधिको तिव्र विकास र भविष्यबारे पावर टक, प्यानल डिस्कसन, प्रोजेक्ट प्रदशनी, स्टल भिजिट, नेटवर्किङ कक्षा संचालन गरिए । टेकमा जंगलमा लागेको आगो निभाउने, चोरी निकासी विरुद्ध सुचना दिने, रोबोर्टबाट फुटबल खेल्ने, फोहोर संकलनलगायतका विद्यार्थीहरुद्धारा निर्मित प्रविधि राखिएका थिए ।
प्रदेश युवा परिषद लुम्बिनीसंगको सहकार्यमा कोड फर चेन्जले लुम्बिनी प्रदेशमै ठूलो टेक इभेन्ट आयोजना गरेको हो । एशियन बुद्ध होटल सिद्धार्थनगरमा आयोजना भएको कार्यक्रमा करिब २ हजार ५ सय विद्यार्थी सहभागी थिए । टेक्नोलोजीको प्रयोग मार्फत समाजमा सकारात्मक परिवर्तन तथा सूचना प्रविधिका विद्यार्थीहरुको सुनिश्चित भविष्यको लागि पहिलो पटक लुम्बिनी प्रदेशमा टेक आयोजना गरेको लागेको कोड फर चेन्जका अध्यक्ष कष्ण पोखरेलले बताए ।
उनले टेक इभेन्टले प्रविधि क्षेत्रमा काम गर्दै आएका कम्पनीहरु, कलेजहरु र विद्यार्थीहरु, सरकारी निकाय जम्मा गरि एक आपसमा देखिएको दुरी घटाएर विद्यार्थीहरु र अन्य निकाय बीच पुलको काम गर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सुचना प्रविधिको विकासले विश्व साघुरिदै गएको र युवाको करियर बढाउदै लगेको बताए । उनले पढेका र सिकेका युवा भविष्य खोज्न विदेश जानु साटो स्वदेशमै बस्न र सुचना प्रविधिका माध्यमबाट भविष्य चम्काउन आग्रह गरे ।
प्रदेश युवा परिषद लुम्बिनीका उपाध्यक्ष गोबिन्द बहादुर खत्रीले प्रविधिमा युवाहरुको निशुल्क आधारभूत क्षमता विकास गराएर युवाहरु सम्भावना र उनीहरुको क्षमतालाई पहिचान गर्न परिषदले विभिन्न कार्यक्रम गरेको बताए । प्रविधिमा दक्षता बढाउन सके नाम, दाम र कामका लागि विदेश जान नपर्ने बताउदै उनले युवा परिषद युवाको करियर बनाउन सधै प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा क्यान महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष नवराज कुंवर, नेशनल युथ काउन्सीलका केन्द्रीय सदस्य बाबुराम बन्जाडे, निर्माण व्यवसायी संघका रुपन्देही अध्यक्ष मन्जु भुसाल लगायतले सुचना प्रविधिको ज्ञान लिन र त्यसलाई आफ्नो जीवनमा ढाल्न आग्रह गरे ।
देशको को क्षेत्रमा टेवा पुर्याउने र प्रविधिमा काम गरिरहेका संस्था र व्यक्तिहरु बीचमा सम्बन्ध बढाउने बताए । प्रविधिमा युवाहरुको निशुल्क आधारभूत क्षमता विकास गराएर युवाहरु सम्भावना र उनीहरुको क्षमतालाई पहिचान गर्न परिषदले विभिन्न कार्यक्रम गरेको उनले जनाए ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend