लुम्बिनी, लुम्बिनी विकास कोषका योजना प्रमुख स्मिता भट्टले कार्यभार सम्हालेकी छन् । सोमबारदेखि भट्टले काम थालेकी हुन् ।
कार्यभार सम्हाल्दै नवनियुक्त योजना प्रमुख भट्टले बुद्ध जन्मस्थल लुम्बिनीको सेवा गर्ने अवसर प्राप्त भएकाले इमान्दारिता पूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले बुद्धको ज्ञान र लुम्बिनीको र्म अनुसार परिणाम देखाउनेगरी काम गर्ने बताइन् ।
नवयुक्त योजना प्रमुखलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले स्वागत गरेका थिए । उनले नयाँ युवाहरूले दत्तचित्त भएर काम गर्ने हो भने पुरानाले भन्दा धेरै काम गर्न सक्ने बताए । नवयुक्त योजना प्रमुख भट्टसंग ठूलो अपेक्षा रहेको उल्लेख गर्दै लुम्बिनीको विकास गर्न टिमवर्क आवश्यक रहेको बताए ।
सदस्य सचिव सानुराजा शाक्यले नया योजना प्रमुखलाई स्वागत गर्दै टिम वर्कमा काम गर्ने बताए । निवर्तमान योजना प्रमुख एवम् वरिष्ठ इञ्जिनियर सरोज भट्टराईले पुराना कुरा बिर्सेर आगामी योजना निर्माण गर्नुपर्ने बताए ।

लुम्बिनी रिभ्यू