• Saturday 25th July 2026

कपिलवस्तुबाट काठमाडौं जादै गरेको बस त्रिशूलीमा खस्यो आठ को मृत्यु, ३७ जनाको उद्धार

कपिलवस्तुबाट काठमाडौं जादै गरेको बस त्रिशूलीमा खस्यो आठ को मृत्यु, ३७ जनाको उद्धार


  • लुम्बिनी रिभ्यू

बुटवल — कपिलवस्तुबाट काठमाडौं जादै गरेको बस त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ । बुधबार बिहान कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस गजुरी गाउँपालिका वडा नम्बर ५, घाटबेसीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकृत डीएसपी सन्तुलाल जयसवालले बताए ।

दुर्घटनापछि बसमा फसेका ३७ जनाको उद्धार गरी उपचारका लागि पठाइएको डीएसपी जयसवालले बताए । उनले  भने,अझै पनि उद्धार कार्य जारी छ । केही यात्रु हराइरहेका समेत छन् ।

जिल्ला प्रहरी कार्यालयबाट एसपीको नेतृत्वको टोली र सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आमदघाटबाटको टोली उद्धारमा खटिएको छ । बस अनियन्त्रित भएर नदीमा खसेको अनुमान प्रहरीको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend