बुटवल, शिवरात्री पर्वको अवसरमा मानव धर्म सेवा समितिको आयोजनामा महाशिवरात्री महोत्सव २०८० सम्पन्न भएको छ ।
शुक्रबार श्री हंस कृति आश्रम बुटवलमा भएको कार्यक्रममा मानव धर्मका प्रणेता श्री सद्गुरु देव महाराजले शिवले ध्यान गर्ने तत्वलाई जानेर अघि बढ्न सकियो भने जीवनमा सार्थक हुने बताएका छन् ।
उनले भने, ‘अध्यात्मले शान्ती फैलाउनका लागि महत्वपुर्ण भुमिका खेल्ने भएकाले यस्ता कार्यक्रमले मानिसमा शान्तीको सन्चार गर्नेछ। आध्यात्मिक शान्तीका लागि आत्मज्ञान महत्वपुर्ण रहेकाले नामको महत्वलाई बुझ्न सकियो भने मानव जिवनको सार्थकता पुर्ण हुनेछ।’
भारतमा राम मन्दिर बन्नका लागि ५ सय वर्षको प्रतिक्षा गर्नुपरेको सन्दर्भलाई जोड्दै उनले नेपालमा विराट सत्संग कार्यक्रम गर्न ५ वर्ष लागेको अनुभव सुनाए । उनले भने, मानव जीवनमा राम बन्न पहिले राम नामको तत्वलाई जान्न पर्नुपर्नेमा जोड दिए ।
कोभिड १९ का कारण नेपालमा पाँच वर्षदेखि सत्संग कार्यक्रम हुन सकेको थिएन । यसअघि २०७५ मा झापाको धुलावारीमा सत्सगं कार्यक्रम भएको थियो ।
कार्यक्रममा श्री विभुजी महाराजले आजको दिनमा शिवरात्रीसँगै नारी दिवसपनि संँगै परेकाले यसलाई संयोगका रुपमा लिनुपर्ने बताए ।
उनले भने,‘संसारमा आउनुको कारण दुख र सुख दुवै कुरा भोग्न आएकाले यी सबै प्रक्रियालाई हामीले भोग्नै पर्ने बताए । संसारमा माया दुखको कारण रहेकाले यसबाट कोही पनि अछुतो नरहने सुनाएका छन्।’
उनले थपे,‘संसारमा दुखको कारण अज्ञानता रहेकाले वास्तविक स्वरुपको बारेमा जान्नु आवश्यक रहेको बताए । सत्यको परिभाषा भनेको परिवर्तन नहुने विषय भएकाले हामीले के कुरालाई सत्य मान्ने भनेको यो संसारको अनुभव गर्नका लागि गरिने मानव जीवनको प्राणशक्ती रहेकाले यसको महत्वका बारेमा बुझनु पर्ने अहिले आवश्यक्ता हो।’
कार्यक्रमका बोल्दै जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चपाईले गौतम बुद्ध र पशुपतिनाथको देशमा हामीले यस्तो कार्यक्रम गर्न पाउनु नै भाग्यको कुरा भएको बताए। यस्ता कार्यक्रमले मानिसलाई अध्यात्ममा लाग्न प्रेरणा मिल्ने सुनाए।

बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेले धार्मिक दृष्टिकोणबाट बुटवललाई अघि बढाउन लागेकाले यस्ता कार्यक्रमले सघाउन पुग्ने बताए।
बुटवलमा यसअघि २०७० सालमा एक दिवसीय कार्यक्रम भएको थियो। ११ वर्षपछि पुनः बुटवलले कार्यक्रम गर्ने अवसर पाएको हो।
महाशिवरात्री महोत्सवको अवसरमा शुक्रबार बिहान युवा संगठन र बाल सभाले विभिन्न प्रस्तुती दिएका थिए। शिवरात्री महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै भक्ती संगीतका कलाकारले सुमधुर भक्ती संगीत प्रस्तुत गरेका थिए।
शिवरात्री महोत्सवअघि बिहान प्रभातफेरि कार्यक्रम आयोजना गरिएको थियो। प्रभातफेरिमा आश्रम हुँदै ब्लड बैंक,अमरपथ, ज्योति विकास बैंक, नविल बैंक, मेनरोडबाट मिलनचोक, तिनकुने, इट्टाभट्टी हुँदै पुनः आश्रम आएको थियो।

लुम्बिनी रिभ्यू