• Saturday 25th July 2026

देश बरबाद भएको टुलुटुलु हेरेर बस्न नसकेकाले सरकार परिवर्तन : अध्यक्ष ओली

देश बरबाद भएको टुलुटुलु हेरेर बस्न नसकेकाले सरकार परिवर्तन : अध्यक्ष ओली


  • लुम्बिनी रिभ्यू

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले देश बरबादीतर्फ जान लागेकाले सत्ता समीकरण फेरबदल गरेको बताउनु भएको छ।

मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारमा जान हतार नभएर गठबन्धन नभत्काएको दाबी गर्नुभयो।

उहाँले भन्नभयो, ‘यो समीकरण हामीलाई सरकारमा जान हतारोले होइन। देशको बर्बादी टुलुटुलु हेरेर बस्न गाह्रो भयो। मैले तपाईंहरुलाई भनेको थियो- यो गठबन्धन खरानीको डल्लो हो जे गरे पनि फुट्छ भनेर। गठबन्धनमा हुनेवालाहरूको उन्माद थियो। देशको लागि खरानीको डल्लो फुट्नुपर्थ्यो फुट्यो। यो परिवर्तन हामीले गरेका हौँ। त्यसको जस त दिनुस्। यति सानो कुरालाई कहाँ चीन पुर्‍याइरहेको छ। यस्तो खालको कुरा नगर्नुस्। हामीले यति धेरै मेहनत गरेपछि यसको जस हामीलाई दिनुस्।’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend