उमा अर्याल ढकाल
बुटवल, एक्काइसौं शताब्दीका आधुनिक युगमा जन्मिएका हामी मानव जातिको संस्कार र सभ्यता कतातिर गइरहेको छ । कता जाँदै छ यो समाज अनि समाजमा बस्ने मानवजाति ।
सुन्थ्ये असल संस्कार र शिक्षा मानिसलाई सभ्य भएर बाँच्न सिकाउँछ रे । तर, आजभोलि शिक्षित भनिएका मानिसहरुमा नै संस्कार चेतना र विवेक हराउँदै गएको त होइन ? हरेक दिन कुनै न कुनै ठाउँमा सुन्दा अप्रिय लाग्ने केही न केही घटना घटीरहेको दखिन्छ । लाग्छ कि मानव जातिमा मानवीय गुण नै छैन । जति सम्यमता पशुपंक्षीमा देखिन्छ त्यति पनि मानव जातिमा नभएको त होइन ? यो भनिरहदा सबै मानव जाति त्यो स्थानमा नपर्लान तर आजको परिवेशलाई नियालेर हेर्दा प्राय मानवमा मानवीय सम्यमता हराउँदै गएको त होइन ? यो सोचनीय विषय बनेको छ।
पहिला नारी हिंसाले चरम रुप लिएको देखिन्थ्यो भने अहिलको परिवेशलाई हेर्दा पुरुष पनि उत्तिकै हिंसामा परेको देखिन्छ । त्यो हिंसा घरभित्रको भन्दा घर बाहिरको नारीबाट बढी पीडित देखिन्छन् । यो हुनु छाडापन हो । अनुशाशनहीनता हो । यद्यपि यो भन्ुपर्छ कि, हाम्रो देशको कानून फितलो हो कि तपाईं हाम्रो छाडातन्त्र वा छाडापन वा कुसंस्कारको विकास ?
उमेर नपुगेका केटा केटी वा नारी पुरुष दुवै बढ्दो उमेरसँगै एकअर्का प्रति आकर्षित हुन्छन् । यसले कसैलाई त राम्रै होला तर सबैलाई राम्रो हुन्छ भन्ने पनि छैन । उमेर १४,१५ भएको छैन माया प्रेममा आखा नै नदेख्ने परिपाटीले हरेकको जीवनशैली बदलिएको छ । भोलि त्यसको असर के होला भन्ने नबुझी प्रेममा रमाउनु उचित होइन । भोलिको भविश्यलाई मध्यनजर गरी मानिसका हरेक इच्छा आवश्यकतालाई ख्याल राख्न सकेमात्र प्रेम वा मायामा सफलता प्राप्त होला अन्यथा जीवनमा नसोचेको घटना नघट्लाभन्न सकिँदैन । त्यसैले सबै नारी पुरुष समयमै सम्यमता अपनाउन जरुरी छ ।
एकछिनको रमाइलोले जीवन ब्यर्थ नहोस् सोच्न जरुरी छ । एकअर्कामा गरिएको अद्भुत प्रेम जीवनभरी काँडाले घोचेजस्तो नहोस् । जायज प्रेममा गहिरिएकाको कारणवश विवाह हुन सकेन भने वा नाजायज प्रेम परपुरुषसँग र परस्त्रीसँग प्रेममा फसेकाहरुलाई समाजमा आफ्नो इज्जत त्यतिबेला मात्र थाहा हुन्छ कि जुन बेला उसको चरित्र समाजमा उदाङ्ग भैसकेको हुन्छ ।
गहिरो प्रेममा परेकाहरु न त भोलि के होला सोच्न नै सक्नेछन् न त विवाह भएन भने कस्तो स्थिति सिर्जना होला भनेर सोच्न नै सक्नेछन् । यसरी केही समय गरिएको रमाइलोले बिबाह बन्धनमा बाँधिएमा त राम्रै होला ।तर कारणबश कुनै केटीले विवाह अस्वीकार गरेमा त त्यति फरक नपर्ला तर केटाले विवाह अस्वीकार गर्यो भने वा प्रेममा ब्रेक भयो भने वा पूर्ण विराम लाग्यो भने त्यहाँ दोषी पुरुष ठहरिन्छ । कानूनको नजरमा दोषी वा पीडक पुरुष हुन्छ र महिला पीडित ठहरिन्छे । समाजको हेर्ने नजर महिलातिर भएता पनि कानूनले दोषी पुरुषलाई देखाइदिन्छ।
आजभोलि इन्टरनेटको जमानाले पनि मानिसलाई एक अर्कोमा नजिक हुने वातावरण सिर्जना गरेको छ । फेसबुक इमो भाइबर ह्वाटसप्प आदि आदिको माध्यमबाट चिनाजानी भएकाहरु पछि एकअर्कामा समर्पित भैसकेका हुन्छन् । चाहे ती अविवाहित हुन चाहे विवाहित कस्तो अचम्म ?
इन्टरनेटको माध्यम वा एउटै कार्यस्थल वा सामान्य भेटबाट भएको परिचय वा चिनजानले मानिस यति सम्म अन्धो बन्छ कि एकअर्कामा सजिलै मन त साटिन्छ र शरीर पनि ? त्यतिबेला न त उसले परिवार सम्झन्छ न त समाज नै । जब समस्या निस्कन्छ तब बल्ल होस खुल्छ सपनारुपी निन्द्राबाट बिउझिन्छ । त्यतिबेला सबैकुरा समाजमा छरप्रष्ट भैसकेको हुन्छ पत्रपत्रिकामा आइसकेको हुन्छ । बर्षौ लाएर कमाएको इज्जत अनि सम्पत्ति सबै स्वाहा १ कस्तो संस्कारको विकास हुँदै छ यहाँ महिला पुरुष दुवैका इच्छा र आवश्यकतामा सम्बन्ध जोडिन्छ । सहमतिमा यौन सम्पर्क हुन्छ दुबैका सहमतिमा सबै कुरा हुन्छ मन मिल्दासम्म सबै ठिक हुन्छ तर मन नमिल्दासाथ आरोप र दोषारोपमा परिणत हुन्छन् । सहमतिमै भएका यौनसम्पर्कलाई बलत्कारको आरोप लगाइन्छ । उक्त आरोपमा पुरुष दोषी हुन्छ र महिला निर्दोष साबित हुन्छे कानुनको आँखामा १ पुरुष पीडक हुन्छ महिला पीडित हुन्छे यो कसरी रु यदि दुबैको सहमतिमा सबैकुरा भएको हो भने दुबै सजायको भागिदार हुनुपर्ने होइनर रु वर्षदेखिको सम्बन्धलाई छिनभरमा बलत्कारको आरोपमा मुद्दा पर्छ । दुबैको सहमतिमा भएको सम्बन्धमा घटना एउटै महिला निर्दोष हुन्छे तर पुरुष जेल जान बाध्य हुन्छ चाहे बिबाहित होस वा अविवाहित के एकतर्फी न्याय कानूनको मान्यता हो र ? ब्यक्तिगत स्वतन्त्रता खोई ? गोपनियताको अधिकार के संविधानमा देखाउनमात्र राखिएको हो र? यो भनिरहदा गलत गर्ने छुट हुनुपर्छ भनेको चाहिँ पटक्कै होइन । महिला होस वा पुरुष समानरुपमा न्याय हुनु आजको आवश्यकता हो । पुरुष जेल जाँदा एउटै परिवेश र घटनामा मुछिएका नारीलाई पनि जेल राखी घटनाको छानबिन गर्नु पर्ने होईन र ? हुन त आजभोलि पैसाले इज्जत किनिएको पाइन्छ तर जेसुकै होस समाजको हेर्ने नजर ऊ प्रति बदलिएको हुन्छ।
चर्चित खेलाडी यही मुद्दामा जेल छन् । होलान यी दोषी तर यिनीसँग रमाउदै गएकी ती नानी कहाँ छिन ? के यिनको गोपनीयताको अधिकार हुँदा के ती खेलाडी थिएन होला ? यस्ता कैयौ घटना हरेकदिन घट्दै गएका छन् ।
त्यसैगरी हरेक दिन बलत्कारका घटना घटीरहेका छन् । निर्मला पन्त जस्ता कैयौ चेलीहरु बलत्कारको साथमा जघन्य रुपमा मारिएको अवस्थामा भेटिएको घटना छरपष्ट भेटिएका छन । कैयौ चेली बलत्कार पछि मारिने कहिलेसम्म । कता जाँदै छ यो समाज सभ्यता र संस्कार? कस्तो संस्कार अगाल्दैछौँ हामी र कस्तौ संस्कार दिदैछौ हाम्रा सन्तानलाई । आज हरेक नागरिकले मनन गर्नु पर्ने विषय बनेको छ ।
भनिन्छ नारी पुरुष एक सिक्काका दुई पाङ्ग्रा । जहाँ नारी विना पुरुष र पुरुष विना नारीको जीवन अधुरो हुन्छ । तर वर्तमान परिवेशलाई हेर्दा दुवैको जीवन कष्टकर हुँदै गएको त होइन भन्ने पनि आवास हुन गएको छ । यस्तो हुनुको प्रमुख कारण नै हामीभित्र विकास भएको संस्कार र छाडापन त होइन । कतै तपाईं हामीभित्र नै कुसंस्कारको बिकास भएको त छैन ।तपाईं हामीले दिएको संस्कारले हाम्रा सन्तानले कतै बाटो बिराएका त छैेनन ।
छोरा होस वा छोरी दुवैलाई संस्कार राम्रो दिनु जरुरी छ र आजको आवश्यकता पनि हो । एउटै परिवारमा छोरीले गल्ती गरे बाबुआमाको इज्जत जाने रे तर त्यही गल्ती छोराले गर्दा ऊ त छोरो हो रे । छोरीको जीवन सेतो कपडा ठान्ने हाम्रो समाजले छोराको जीवन स्वतन्त्र हो जे गरे पनि फरक पर्दैन भन्ने सोच किन राख्छ रु कतै यही सोचका कारण आज हरेक दिनका घटनाले वृहत रुप लिएको त होइन । यो भनिरहदा आज जति नारी पीडित छौ उति नै मात्रामा पुरुष पनि पीडित भएको देखिन्छ । कुनै पनि नारीले कुनै पनि पुरुषलाई थोरै मात्र पनि अवसर नदिने हो भने त्यो पुरुषले कुनै नारीलाई छुन त के गलत नजरले हेर्न सम्म पनि आट गर्दैन । आजको परिवेशलाई नियाल्दा केही नारी र पुरुषको कारण कतिपय सम्बन्ध र घरपरिवार लथालिङ्ग भएको देखिन्छ भने केही नारीले केही पुरुषलाई मायाजालमा पारी आउँदा सम्म खाने र आउन छोडेपछि बलत्कारको आरोप लगाउने परिपाटी बढ्दो देखिन्छ । त्यसैगरी केही पुरुषहरुले पनि लोग्ने विदेश गएको वा अलि हुनेखाने स्त्रीलाई मायाजालमा पारी पाउँदा सम्म खाने र पाउन छोडेपछि घरको न घाटको बनाएर छोड्ने परिपाटी बढ्दो छ । त्यसैगरी अबिबाहित केटाकेटीमा पनि प्रेममा सफलता मिल्यो भने त ठिकै छ मिलेन भने केटाकेटी छलफल गरि कुरा मिलाई अन्त बिबाह गर्न गयो भने त्यसलाई बलत्कारको वा अन्य केही मिल्ने जति मुद्दा हालिन्छ र बिबाह गर्न गएको बेहुलो बिबाह मन्डपबाटै बलत्कारको मुद्दा परेका कारण देखाई हत्कडी लगाई जेल लगिन्छ र मोटो रकमसँग बार्गेनिङ गरिन्छ । यदि भनेजति पैसा पाएमा मुद्दा फिर्ता नपएमा जेल । ूूयस्तो खेल भद्र भनी गनिएका वा पावर हातमा भएकाहरुबाट नै हुँदै आएको छ ।
के तपाईं हाम्रो संस्कार यही हो त ? के हाम्रो पूर्वी सभ्यताले यस्तो खालको संस्कारलाई मान्यता दिएको छ कि हाम्रो कानूनले रु कि कानून एकतर्फी भएको हो वा पहुचवालाको लागि मात्र कानून होरु यदि कानून पहुचवाला वा एकतर्फी हो भने कानून सच्याउन जरुरी छ होइन भने सहमतिमा भएका यौनसम्बन्धमा परेका मुद्दामा कि दुबैलाई सजाएको भागिदार बनाइनु पर्छ कि त दुवैलाई स्वतन्त्रता दिनुपर्छ ।
पैसाले तपाईं हाम्रो छोरीको लुटिएको अस्मिता फिर्ता होला ? वा तपाईं हाम्रो छोराका गुमेको इज्जत फिर्ता होला? सोचनिय विषय त यो छ कि शरीरसँग पैसाको बर्गेनिङ किन हुँदै छ ? किन बिग्रिदैछ घर परिवार र समाज ? मानिसमा मानबीयता किन हराउदैछ ?
आजको परिवेशलाई हेर्दा जीवन सत्मार्गमा हिँडाउने नैतिक शिक्षा र असल संस्कारको आवश्यकता परेको हो कि ? यदि असल संस्कार नैतिक शिक्षा दिन नसकेमा भोलि हाम्रा सन्तानले नै एकअर्कालाई सिध्याउने खेल खेल्नेछन्। त्यसैले असल संस्कार शिक्षा दिन सकेमात्र भोलिको सन्ततिले असल मार्ग समात्न सक्नेछ । अन्यथा उहीँ बलत्कार कुटपिट र मारकाटको सिर्जना निम्त्याउन सक्नेछ । यसतर्फ सरोकारवाला निकायको पनि ध्यान जान जरुरी छ।

लुम्बिनी रिभ्यू