• Saturday 25th July 2026

तराईमा हाेलीकाे राैनक

तराईमा हाेलीकाे राैनक


  • लुम्बिनी रिभ्यू

रूपन्देही, हाेलीकाे दाेस्राे दिन तराई मधेसका विभिन्न जिल्लाहरूमा आज होली पर्व मनाइँदै छ।
नेपालका पहाडी तथा हिमाली क्षेत्रमा आइतबार होली मनाइएको थियो भने आज तराईमा मनाउन लागिएको हाे ।
पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट नेपालकाे तराई मधेसका जिल्लामा होली पर्व मनाउने परम्परा छ। आज तराई मधेसका जिल्लामा साथीभाइ तथा आफन्त मिलेर रंगहरु दलेर आपसमा खुसी साटासाट गरिरहेका छन् ।
होली पर्वको अवसरमा सरकारले आज तराई मधेस क्षेत्रका जिल्लामा सार्वजनिक बिदा दिएको छ।


मधेस प्रदेशमा होलीलाई विशेष पर्वको रुपमा मनाउने प्रचलन छ। तराई मधेस क्षेत्रमा होलीमा गाइने विभिन्न गीतहरूमा रंग दलेर चाेकचाेकमा नाचिरहेका छन् । विभिन्न समूहमा हाेलीका परम्परागत गीतमा नाचगान गर्दै रंग लगाउने तथा घैठाे फाेर्ने, ताराे हान्ने लगायतका विभिन्न प्रतियाेगिता आयाेजना गरेर रमाइरहेका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend